10/1/11

२०६८ भदौमा भक्तपुरको सारांश

५। १५ गते
१. तमलोपा अध्यक्ष महन्त ठाकुर निवास सानो ठिमीमा उपप्रधान तथा गृहमन्त्री विजय कुमार गच्छादार, जेपी गुप्ता, महेन्द्र यादव र कविन्द्र नाथ ठाकुर विच भेटवार्ता सम्पन्न ।

५। १६ गते
सम्मान जन सेना समायोजन लागु गर, निशस्त्री करण आत्म समर्पण निर्णयको विरोध गरी चावी बुझाउने निर्णय खारेज गर्नुपर्ने माग राख्दै वैद्य निकटका एनेकपा माओवादी रामकाजी श्रेष्ठको नेतृत्वमा भक्तपुर सल्लाघारी चोकमा बसी बाटो बन्द गरेको ।

५। १७ गते
१. अरनिको राजमार्ग अन्तर्गत सुर्यविनायक खण्डको पाण्डो बजारमा बेलुका साढे आठबजे तिर पल्सरलाई सोही दिशाबाट आउँदै गरेको बा ३९ प ५३९० को टिपरले ठक्कर दिएपछि मोटरसाईकल चालक तान्म लामा र पछाडी बस्ने महेन्द्र लामाको मृत्यु भएपछि आक्रोसित भिडले टिपरमा आगो लगाई क्षेती ग्रष्ट पारेको ।

२. रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको पुर्व संचार मन्त्री शंकर पोखरेको प्रमुख आतिथ्यतामा समकालिन राजनितिक चर्चा परिचर्चा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न ।

५। १८ गते
१७ गतेराती भएको दुघटनाको विषयमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक पक्ष र यातायात व्यवसायी संघको वार्ता ।

५। २० गते
१. भक्तपुर सल्लाघारी स्थित मालवी कोल्ड स्टोरमा लाइट लेखिएको ओरेन्ज जुस र पाइनापल जुस मध्य पाइनापलमा छोक्रा र धुसी परेको भन्दै प्रशासनमा उपभोक्ताहरुको डेलिगेसन ।

२. निजामती सेवा दिवसको अवसरमा निजामती कर्मचारीद्धारा नेपाल रेडक्रस सोसाइटीमा भक्तपुरमा रक्तदान गरियो ।

३. निजामती सेवा दिवसको अवसरमा भक्तपुर निजामती कर्मचारी संघबाट कटुञ्जे स्थित रहेको कृष्ण प्रणामीका वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरियो ।

५। २२ गते
४.निजामती कर्मचारी दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी र स्थानिय विकास अधिकारीको नेतृत्वमा भक्तपुर नगरमा याली गरी भक्तपुर अस्पतालमा वृक्षा रोपण गर्नुका साथै विरामीलाई फलफुल वितरण कार्यक्रम सम्पन्न गरियो ।

५। २३ गते
१. खरिपाटी विद्युत तालिम केन्दमा नेमकिपा सभासद सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भक्तपुर इटा उद्योग व्यवासायी संघको २० वार्षिक साधारण सभा तथा १२ औं जिल्ला अधिवेश सम्पन्न गरियो ।

२. सहायक क्याम्पस प्रमुख ओम रायमाझीको प्रमुख आतिथ्यतामा सानोठिमी क्याम्पसमा ९८ औं वि पी जन्मजयन्ती कार्यक्रम मनाइयो ।

३. काठमाण्डौबाट भक्तपुर आउँदै गरेको बा ८ प ८०७९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको पहिचान नखुलेको सवारीले ब्राइटर राधे राधे चोकमा ठक्कर दिएपछि लोकन्थी बस्ने वर्ष २४ को रुपक खड्का सामान्य घाइटे र पछाडी बस्ने कटुञ्जे ४ का २० वर्षक सुदिप थापाको टिचिङ अस्पतालमा उपचार गराउँदा गराउँदै मृत्यु ।

४. नेकपा एमालेका भातृ संगठन नेपाल ट्रेड युनियन महासंघ भक्तपुर कमितीले न्युनतम ज्याला कार्यन्वयन गर, भष्टाचारी र बढ्दो महंगी नियन्त्रण गर भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुर घेराउ ।

५. एनेकपा माओवादीको  भक्तपुर शुभकामना पार्टी प्यालेसमा देव गुरुङको आतिथ्यता प्रशिक्षण कार्यक्रम तथा भेला कार्यक्रम सम्पन्न ।

५। २४ गते
१.  मिट हाई वे रेष्टुरेन्ट थिमी १७ मा मोरङ घर भई हाल उक्त रेष्टुरेन्टमा काम गर्ने वर्ष ३० को जीवन राउतलाई सुतिरहेको अवस्थामा धारिलो हतियारले घाँटी रेटी मारेको अवस्थामा फेला पारेको ।

२. पुर्व प्रधान मन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा थिमी शंखधर पार्टी प्यालेसमा नेपाल लोकतान्त्रिक नेवा संघको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन । २.

५। २५ गते
१. थिमी शंखधर पार्टी प्यालेसमा नेपाल लोकतान्त्रिक नेवा संघको दोस्रो राष्ट्रिय बन्द सत्र कार्यक्रम सम्पन्न

२. मध्यपुर थिमी नगरमा नगर सम्मेलन तथा वि पी को ९८ औं जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रम गरयो ।

५। २८ गते
झौखेल आक्वा फ्रेस, ओके मिनरल वाटर, इवा स्वस्तिक बेमरेज र दुमा गणेश पानी कम्पनी एवं वागेश्रीको कालिका डेरी र सैजु डेरीमा जिल्ला प्रशासन, उपभोक्ता मञ्च, खाध्य विभाग, घरेलु उद्योग र गुणस्टरीय विभागका कर्मचारीद्धारा अनुगमण आवश्यक कारबाही गरको।

५। २९ गते
१. छालिङ गाविस वडा नं १ मा भैसी आल गर्ने ठाउँमा अन्दाजी ३० वर्षको एक व्यक्तिको शव गाडेको अवस्थामा फेला र पोष्टमाटमका लागि शिक्षण अस्पतालमा लगिएको ।

२. नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको प्रमुख आतिथ्यतामा बाल दिवसको अवसरमा भक्तपुर दत्तात्रय मन्दिर परिसरबाट र्याली गरी अरनिको सभाभवनमा समापन गरियो ।

३.कटुञ्जे गाविस १ स्थित शाख मेटल इन्द्रट्रिजको उपशाखा नेपाल पेन्टमा आगलागी भई करिब ४० लाखको क्षेती भएको ।

४. कटुञ्जे १ मा बस्ने ४९ वर्षको शिब गौतमलाई भक्तपुर अस्पतालमा उपचार गराउँदा डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल व्यवस्थापक पक्ष र पिडीत पक्ष विच वार्ता

५। ३० गते
१. नेपाल क्रान्तिकारी किसान संघका अध्यक्ष गोविन्द दुवालको नेतृत्वमा दशैमा अप्रिय घटना घट्न नदिन जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको ।

२. जेसिसका पुर्व अध्यक्ष भेसराज थापाको प्रमुख आतिथ्यतामा भक्तपुर वोडेको कृषि तालिम केन्द्रमा नेपाल जेसिस क्षेत्र ग को सम्मेलन तथा उद्घाटन सम्पन्न ।

५। ३१ गते
१. संसदलीय दलका  नेता रामचन्द्र पौडेलको उपस्थितिमा अजिमा पार्टी महलमा सर्व श्री बचत तथा क्रृण सहकारी संस्था लिको चौथौं साधारण सभा सम्पन्न ।

२. भक्तपुर वाई सि एलको आयोजनामा ददिकोट स्थित अमर पार्टी प्यालेसमा पुष्प जनजागरण सांगतिक साँझको आयोजना गरियो ।

६।१ गते
१. इन्दियन आर्मीको कर्नेल परिवार भक्तपुर दरबार स्क्वायरमा भ्रमण आएको ।

२. पाण्डुबजार परिसरमा धेरै सवारी दुघटना भयो भन्दै उक्त ठाउँमा लाईटको व्यवस्था गरिनुपर्ने माग राखी स्थानिय बासिन्दा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा डेलिगेसन ।

६।२ गते
१. मध्यपुर थिमी शंखधर चोक नजिक बाटो काट्ने क्रममा बा १ ख ९१७७ को महेन्द्र निशान मिनी टाटाको ठक्करबाट कञ्चनपुर महेन्द्र नगर बस्ने ५५ वर्षकी अमतादेवी बनको मृत्यु ।

२. श्री भैरब कुण्ड युवा क्लब तातोपानी ४ द्धारा संचालित बा ६ च ८७८९ को एम्बुलेन्समा रक्त चन्दन बरामद ।

६।३ गते
१. एम्बुलेन्समा रक्त चन्दन बरामद भएपछि महानगरिय प्रहरी परिसर भक्तपुरले पत्रकार भेटघाट कार्यक्रम गरियो । 

६।४ गते
१. मध्यपुर थिमी नगरपालिको आर्थिक वर्ष ०६७।०६८ को वार्षिक प्रगति समिक्षा 

२. मध्यपुर थिमी नगरपालिकाको उपशाखा नेपाल रेडक्रस सोसाइटीले भुमी सुधार मन्त्री प्रभु शाहद्धारा नयाँ शबवाहनको उद्घाटन् ।

३. अखिल क्रान्तिकारी नगर समिति थिमीको आयोजनामा थिमी दुईपोखरी स्थित दशैंको चियापान कार्यक्रम सम्पन्न ।

४. नेकपा एमाले नगर कमिटि मध्यपुरले ११, १२, १३ र १४ को वडा अधिवेशन कार्यक्रम बरिष्ठ नेता केपी ओलीको अतिथ्यतामा सम्पन्न गरियो ।

५. भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेको क्र्याफ्ट इन्टरनेशनल ग्रेडिङ डिजाइन कन्फ्रेस नेपालमा जर्मनी राजदुत र नारायणमान विजुक्छेंको भ्रमण ।

६. कौशलटार चोकदेखि बालकोट जाने बाटोको हनुमन्ते पुलसम्म बाटो हिलो  भयो भन्दै सो विषयलाई लिएर विरोध गर्दै बाटो निमार्ण गर्नुपर्यो भन्दै करिब १ घण्टा बाटो बन्द गरेको ।

७. लक्ष्मी सपिङ सेन्टर सुर्यविनायक सुपथ मुल्य पसलमा निरिक्षणको लागि बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट पसलको निरिक्षण ।

६।८ गते
१. भक्तपुर इसाइ समुदायले नयाँ नेपाल निमार्णमा इसाई समुदायले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र बुझाएको ।

२. चिनिया राजदुत याङ होलेण्डद्धारा भरतबन्धु थापाको एकल फोटो प्रर्दशनीको उद्घाटन ।

३. भक्तपुर अटोपार्ट सपिङसेन्टर पानीले डुबाएको ।

४. कृषि विकास तालिम केन्द्र बोडेमा अनेरास्ववियुको क्याम्पस कमिटी र काडमाण्डौं स्कुल अफ ल ददिकोटको चौथौं क्याम्पस कमिटीको सम्मेलन वरिष्ठ नेता केपी ओलीको आतिथ्यतामा ।

५. भक्तपुर नगरपालिकाको आयोजनामा दत्तात्रयमा बाँसुरी बाजा प्रतियोगिता 

६।९ गते
भक्तपुर नगरपालिकाको आयोजनामा टौमढीमा भैरबनाच प्रतियोगिता  ।

६।१० गते
भक्तपुर नगरपालिका र पर्यटन विकास समिती भक्तपुरले आयोजना गरेको विश्व पर्यटन दिवसको अवसरमा  दरबार स्क्वायरमा याली कार्यक्रम तथा कदर पत्र वितरण ।

६।११ गते
१. बडा दशैको सुरु भक्तपुर ब्रम्हायणी शक्तिपिठ र तलेजु मन्दिरमा मेला

२. कलब हिमालयको आयोजनामा नगरकोटमा ३ दिने चंगा चेट कार्यक्रमको उद्घाटन ।

६।१२ गते
१. नगरकोट बस पार्कमा एमालेको ७ औं गाउँ अधिवेशन सम्पन्न वरिष्ठ नेता केपी ओलीको आतिथ्यतामा ।

२. छत्रपाल युवा समाज सेवाको आयोजना तथा बागमती क्लब र ज्वाला दल गणको सयुक्त सहयोगमा आज कटुञ्जे स्थित सुवर्णेश्वर महादेव मन्दिर र सिपाडोलको सुर्यविनायक मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न ।

9/16/11

साँस्कृतिक पुलुकिसी ( ऐरावत हात्ती ) जात्रा सम्पन्न


       ;f:s[lts dxTj af]s]sf] eQmk'/sf] k/Dk/fut k'n'ls;L hfqf ;DkGg ePsf] 5 . P]/fjt xfQLsf ?kdf dflgg] k'n'ls;L hfqf k|To]s jif{ cflZjg s[i0f rf}yLsf lbg] dgfO{g] ul/G5 .

eQmk'/sf] nfsf]nf5]+ 6f]ndf af;sf] dfGb|f]n a]/L lgnf] sk8fn] 5f]k]/ xfQLsf] h:t} ;'9 ;d]t /fvL agfOPsf] k'n'ls;L hfqf :yfgLo 6f}d9Ldf /x]sf] zlQmzfnL cfsfz e}/j b]jtfnfO{ elQmefj u/L ToxLjf6 hfqf z'? ul/G5 . 
     
k'n'ls;L hfqf k/Dk/fut afhfufhf ;fy eQmk'/ gu/ kl/qmdf u/fOG5 . b]j/fh OGb|sf ljZjl;nf] ;]js k'n'ls;LnfO{ hfqfsf] qmddf a+zuf]kfn rf]sdf wfg v'jfpg], b/jf/ :Sjfo/df cfuf] tkfpg] / bQfqo l:yt -tNnf t'G5L_ Ogf/df kfgL v'jfpg] k|rng /x]sf] 5 .

hfqfsf] qmddf k'n'ls;Lsf] ;'9+n] dflg;nfO{ 5f]Pdf bzf nfU5 eGg] wfld{s ljZjf; cg';f/ hfqfsf] a]nf k'n'l;sL NofpFbf ;'+9n] 5'G5sL eg]/ dflg;x? k/k/ a:g] u5{g\ . 

k'n'ls;L hfqf;+u} ;f]xL lbg d;fg e}/jsf] v6 hfqf, ofdtf -cfsf;] jQL_ / d"kfq hfqf ;d]t ;DkGg ul/G5 . hfqfdf k'n'ls;Ln] sy+sbflrt d"kfqnfO{ e]6\of] eg] s'Nr]/ dfbf{ klg xfQL aGg] kfq / pgsf ;xof]uLx?nfO{ s'g} aft gnfUg] :yfgLo jfl;Gbfx? jtfpF5g\ . To;}n] k'n'ls;L hfqf aLr af6f]df k'u]kl5 dfq d"kfq hfqf ul/G5 .

P]ltxfl;s b]jLk'/f0f, kBk'/f0f uGy| cg';f/ OGb|hfqf;Fu ;DjlGwt o; k'n'ls;L hfqf b]j/fh OGb|sf k'q hoGtnfO{ vf]Hg lx8]sf] ;Demgfdf dgfOg]] Oltxf; tyf ;+:s[ltljb\x? jtfp5g .


राक्षसको प्रतीक मूपात्र जात्रा

      wfld{s tyf ;fF:s[lts dxTj af]s]sf] eQmk'/sf] k|l;4 k/Dk/fut d"kfq hfqf z'? ePsf] 5 .
     
g]jf/ ;d'bfodf dxTjk"0f{ hfqfsf ?kdf lnOg] pQm hfqf k|To]s jif{ cflZjg s[i0f l4ltofb]lv rf}yL;Dd dgfOG5 . d"kfq /fIf;sf] k|tLs /xg] x'bf o; hfqfnfO{ /fIf;sf] hfqfsf ?kdf klg lnOG5 .
     
b]j/fh OGb|sf 5f]/f hoGtsf] syf;+u ldNbf]h'Nbf] ePsf] d"kfq hfqf 4fk/o'ub]lv ;~rfng ePsf] / dNnsfndf eQmk'/sf /fhf hutk|sfz dNnn] b]jLk'/f0f kBk'/f0fx?sf] ;+sng u/L syfsf cfwf/df b[Zo cg's/0f u/L hfqf k|rngdf NofPsf] kfOG5 .
     
k|d'v /fIf; d"kfq / b'O{ hgf ;xfos -lwMrf_ /fIf; ;lxt tLghgfnfO{ /fIf;sf] kf];fs nufO{ cg'xf/df z[uf+/k6f/sf ;fy t/jf/ ;dfTg nufO{ hfqfdf eQmk'/ gu/ k'/} kl/qmddf u/fpg] ul/G5 . d"kfqx?nfO{ gu/ kl/qmdf u/fpg] a]nf eQmk/ gu/sf] 6f]n6f]ndf 78\ofO/fv]sf] oDjf] Bf]M-OGb|k'q_ nfO{ tLgk6s 3'd]/ t/jf/n] xfGg] ul/G5 .

l4tLofsf lbg bQfqosf] trkfn 6f]nsf ;nf u0f]znfO{ v6df /fvL eQmk'/ gu/ kl/qmddf u/fOG5 . To;}lbg bQffqosf dfgGw/x?sf] of dtf -cfsf;] jtL_ ;lxt ljleGg afhfufhfsf ;fy kl58L k§L d"kfqnfO{ /fvL zx/ 3'dfOg] ul/G5 .

hfqfsf] bf];|f] lbg :yfgLo rf]5] 6f]nsf] 5'df u0f]zsf d"lt{ ;lxtsf] v6 b/jf/ :Sjfo/l:yt tn]h' ejfgLk|lt elQmefj ck{0f u/L ;f]xL :yfgjf6 of+dtf -cfsf;] jQL_ afhfuffhfsf ;fy gu/ kl/qmddf ul/G5 . ;+nf u0f]zf / 5'df u0f]znfO{ ;f]xL /flt cfcfkm\gf] b]ju[x Bf]5]df k'¥ofOG5 .

hfqfsf] clGtd lbg cflZjg s[i0f rf}yLsf lbg :yfgLo 6f}d9L 6f]ndf /x]sf] cfsfz e}/jnfO{ u'7L ;+:yfg sfof{nojf6 NofOPsf] ;/sf/L k'hfcr{gf ;DkGg u/L ;f]xL :yfgjf6 dfgGw/x?sf] tLgj6f of+dtf / cfsf; e}/jsf] v6hfqfnfO{ ;x/ kl/qmdf ul/G5 . To;kl5 eQmk'/sf] :YffgLo nfs'nf6] 6f]ndf agfOg] -k'n'ls;L_ P]/fjt xfQL hfqf 6f}d9Ljft eQmk'/ z/xsf] cfwfeGbf j9L :yfgdf k'u]kl5 dfq t];|f] lbgdf d"kfq hfqf ul/G5 . d"kfq hgtfnfO{ bMv lbg] /fIf; egL hfqfsf qmddf d"kfq x'g]x?nfO{ b'Mv si6 lbg] x'gfn] cfhef]ln hfqfsf nflu d"kfq aGg]x? kfpg lgs} sl7g ePsf] u'7L ;+:yfg sfof{non] hgfPsf] 5 .
     
P]ltxfl;s b]jLk'/f0f, kyk'/f0f u|Gyx?df pNn]v ePcg';f/ :ju{sf b]j/fh OGb|sL cfdf a;'Gw/fnfO{ efb|z'Sn rf}yLsf lbg a|t a:g kfl/hft km'nsf] cfjZostf ePsfn] 5f]/f hoGtnfO{ pQm km"n vf]Hg k7fOof] . kfl/hft km"n vf]Hb} hfg] qmddf b}Tox?sf] au}rfdf kfl/hft km"n l6Kb} u/]sf] a]nf /fIf;x?n] hoGtnfO{ kqmfp u/] . hoGtnfO{ 5'6fpg b]jtf / /fIf;x?sf] ;+u|ddf b]jtfx?sf] lht ePkl5 /fIf;x?nfO{ hgtfdfem zx/ kl/qmdf u/fOPsf] eGg] ljleGg u|Gx?df pNn]v syfdf cfwfl/t u/L of] hfqf k|f/De ul/Psf] eGg] lsj+GbtL /x]sf] Oltxf; tyf ;+:s[ltljb\x? jtfp5g\ .

d"kfq hfqf eQmk'/df cfh klg plts} pNn;sf ;fy dgfOG5 . hfqfdf efu lnPafkt cfhGd hftkltof tyf eftkfgL grNg] b08 ef]Ug'kg]{ dfGotf /x]sf] x'G5 .

इन्द्रजात्राको अवसरमा इन्द्र दह(सिद्धपोखरी)मा विहानै देखि भक्तजनहरु ठूलो घुइँचो

इन्द्रजात्राको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थलको रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्र दह (सिद्धपोखरी) मा विहानैदेखि ठूलो मेला लाग्ने गर्दछ ।
     
हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट आश्विन कृष्ण द्धितियाका दिन यहा ठूलो मेला लाग्ने गर्दछ । इन्द्र दह सिद्धपोखरीमा स्नान गरी इन्द्रायणी देवीको पुजाआजा गर्ने भक्तजनहरुको ठूलो घुइँचो लाग्ने गर्दछ ।

देवराज इन्द्रले स्नान गरेको दह हुनाले यस दिन इन्द्रदहको स्नान गरी इन्द्रायणी देवीको पुजाआरधना गरेमा पूण्यप्राप्ति साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास रहेको छ ।
     
हरेक वर्ष इन्द्रजात्राका दिन भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको मूर्तिलाई खटमा राखी जात्रा गरेर सिद्धपोखरीमा ल्याई विराजमान गराई तान्त्रिक विधिपूर्वक पुजा र भोगवली चढाउने परम्परा रहेको छ । त्यसवेला परम्परागत बाजागाजाका साथ दाफा, भजन गाउने प्रचलन रहेको छ ।

सिद्धपोखरीमा लिच्छविकालदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु छन् । अनावृष्टि हुदा सिद्धपोखरीमा आई वासुकी नागलाई पुजा गर्ने र जल वृष्टिका लागि तान्त्रिक पुजा गर्ने प्रचलन रहेको छ ।

पोखरीमा रहेको शिवलिङ्गमा जल चढाई पिएमा घाटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहेको स्थानिय बुढापाकाहरु बताउने गर्दछन् ।

9/14/11

नेवार समुदायको चथा (दशैं भित्र्याने) पर्व

गणेश चौथीको अवसरमा नेवार समुदायले गणेशको पुजा आराधना गरेर चथा (दशैं भित्र्याने) पर्व मनाउने गर्दछन् ।

भगवान गणेशको जन्म भएको अवसरमा नेवार समुदायका महिलाहरु ब्रतबसी भगवान गणेशको पुजा आरधना गरेर यो पर्व मनाइन्छ । साझ चन्द्रमा देखिएपछि र सूर्यास्त हुने समयमा कमलको पातमा अनार, विमिरा, पारिजात फूल र गेडागुडी राखेर गणेश र चथा पुजा गर्ने चलन छ ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार चथा पर्व राम्रो भए दशै पनि राम्रो हुने धार्मिक मान्यताले नेवार समुदायले यो पर्व हर्षोल्लासका साथ मनाइन्छ । चथा पुजा  सकिएपछि सपरिवार बसेर मिठाई, विभिन्न थरीका भुटेका गेडागुडी सहित राखेर  भोज खाने चलन छ ।

हरितालिका तीज हर्षोल्लासका साथ मनाइदै

हिन्दू नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तीज हर्षोल्लासका साथ मनाउने    गर्दछन् । अघिल्लो राति दर खाने र यस दिन व्रत बसी भगवान् शिवको पूजाआरधना गरेर यो पर्व मनाइन्छ ।

बिहानैदेखि देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीको घुइचो लाग्ने गर्दछ । पूजाआजा गरी विभिन्न समूहमा विभाजित भएर मन्दिर परिसरमा तीजका गीतमा नाचगान गरिरहेको ठाउ–ठाउमा देखिने गर्दछ । भक्तपुरको दत्तात्रय मन्दिरमा पनि दर्शनका लागि एका बिहानैदेखि महिलाहरु लामबद्ध भएर बसेका हुन्छन् ।
टाढा–टाढाबाट माइतीघर पुगेका चेलीबेटीहरु भेला भई रातो लुगा र गरगहना लगाई नाचगान गरी सुख–दुःख साटासाट गर्नु नै तीजको विशेष पहिचान हो । पौराणिक कथन अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउ भनी निराहार व्रत बसेर तपस्या गरेपछि महादेवलाई नै स्वामीको रूपमा पाएपछि यो चाडको सुरुवात भएको मानिन्छ ।
तर, शास्त्रमा तीजको व्रतमा निराहार बस्नुपर्छ भनी कतै उल्लेख भने नभएको धर्मशास्त्रका ज्ञाताहरु बताउछन् । पहिले–पहिले घरमा पाएका दुःखका कथा तथा सासू–ससुरा वा श्रीमानले गर्ने हेलाका कारुणिक भाव तीजका गीतमा बढी पाइन्थ्यो भने अचेल श्रृङ्गार र हास्य रसका गीत बढी पाइने गरेको देखिन्छ ।

तान्त्रिक विधिद्धारा पुजा गरिने मुकुन्डो बनाउने पेशा संकटमा

तान्त्रिक नाचको शहर भनेर चिनिने भक्तपुरको प्रसिद्ध ऐतिहासिक तान्त्रिक नाच नवदुर्गाको मुकुन्डो बनाउने पेशा सङकटमा परेको छ ।

नेपालीहरुको महान् चाड विजया दशमीको दिन बह्मायणी पिठमा तान्त्रिक विधि अनुसार पुजा गरी भक्तपुर नगरमा मात्रै २१ ठाउँ बाहेक चाँगुनारायण, बनेपा, धुलिखेल, पनौती, साँगा, श्रीखण्डपुर, खम्पू, ढुर्खक लगायतका स्थानमा नाच देखाउन बनाउने नवदुर्गाको मुकुन्डो बनाउन आर्थिक अभावका कारण सङकटमा परेको हो ।

साँस्कृतिक तथा धार्मिक परम्परागत रितिरिवाज चलाउन प्रत्येक वर्ष निर्माण गरिने नवदुर्गाको मुकुन्डो आर्थिक अभावको कारण समय मै तयार हुन नसक्ने अवस्थाले परम्परागत नाच लोप हुन  लागेकोमा स्थानिय बासिन्दाहरु चिन्तित बनेका छन् ।

आयस्रोतको नाममा केही छैन धर्म सँस्कृतिको काम भएर मात्र विगत ५० वर्षदेखि नवदुर्गाको मुकुन्डो बनाउने पेशा अपनाउँदै आएका पुर्ण चित्रकार बताउनुहुन्छ जसोतसो रुपमा काम गरिरहेको छु  । घर परिवारले यो पेशा छोड् भन्दा भन्दै यहाँसम्म आईपुग्दा समेत स्थानिय निकायबाट आवश्यक आर्थिक सहयोग पाउन नसकेको दुःख व्यक्त गर्नुभयो । “के गर्ने प्रत्येक वर्ष चन्दा मागेर परम्परा धानिरहेको छु । मुकुन्डो घण्टाकर्ण पर्वका दिनदेखि महानवमीसम्म बनाइसक्नुपर्ने हुन्छ ।

एघार महिनासम्म टिक्ने खालको बलियो रुपमा बनाउनुपर्ने मुकुन्डो बनाउन बह्मकुण्डल खोलाको किनारमा पाइने कालो माटोबाट बनाइन्छ । महादेव, गणेश, बह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, त्रिपुरासुन्दरी, सिम्ब, दुम्ब र श्वेत भैरबगरी जम्मा १३ देवगणको मुकुन्डो तयार गर्न कालो माटो धुलो बनाई कालो मास र मैदाको माड कपाससहित माटो मुछेर मुकुन्डो तयार गरिन्छ ।

मुकुन्डो तयार गर्न १ लाख २३ हजार रुपैयाँ खर्च लाग्ने जानकारी दिँदै चित्रकारले मुकुन्डो बनाउन खेलकुद तथा संस्कृति मन्त्रालयबाट १८ हजार र गुठी संस्थानबाट १२ हजार रुपैयाँ आउँछ अरु कहीँकतैबाट आउने स्रोत छैन अनी आफुसँगसगै परिवारलाई समेत भोको पेट राखेर मुकुन्डो तयार गनुपर्ने बाध्यताले परिवारिक किचलो समेत खेप्दै आएको बताए । मुकुन्डो मात्र बनाएर पुग्दैन घण्टाकर्णका दिन नवदुर्गाको मुकुन्डो बनाउनलाई माटोको पुजा गर्न आउने बाजाटोलीलाई समेत भोजन गराउनुपर्ने बाध्यता छ । यदि नवदुर्गा नाचलाई जीवन्तता दिई परम्परा लोप हुनबाट बचाउने हो भने सम्बन्धित निकायले वर्षेनी मुकुन्डो बनाउनका लागि अक्षयकोष वा उचित आयस्ताको बन्दोबस्त गर्न चित्रकारले माग गर्नुभयो । नसकेमा म पछिको पुष्टाले मुकुन्डो बनाउने पेशा छोड्ने चित्रकार बताए ।

हातमा रहेको कलाको निपुणताले नै नवदुर्गा नाच आजसम्म जीवन्त रहेको छ । तन्त्र प्रधान नवदुर्गा नाचको पछाडी तन्त्रको ठुलो भुमिका रहेको सस्कृतिविद्हरु बताउँछन् । नवदुर्गा भवानीका रुपमा नगरको बस्ती र बासिन्दाको सुरक्षाका लागि स्थापना गराई नेपाल मण्डलका राजा आनन्ददेवले यो प्रचलन बसालेको इतिहासमा उल्लेख गरिएको पाइन्छ ।

इतिहास तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगका अनुसार तन्त्रप्रधान नवदुर्गा नाचको क्रममा हाउभाउ नृत्य प्रस्तुत गर्दा नित्यको पछाडि तन्त्रको ठुलो भुमिका रहेको छ । मानिसको जन्ममृत्यु भएजस्तै नवदुर्गाको पनि जन्ममृत्यु हुने हुँदा नवदुर्गा नाच संस्कृतिको एउटा अभिन्न अङग बनेको छ ।

नवदुर्गाको मुकुन्डो राख्नका लागि देवगृह बनाउन भक्तपुर नगरपालिकाले करोडौ रुपैयाँ खर्च गर्यो तर नवदुर्गाको मुकुन्डो बनाउने कलाकारलाई भने कसैले वास्ता गरेको छैन भन्दै ग्वंगले देवगृह भएर के गर्ने त्यस गृहमा शोभा बढाउने मुकुन्डो बनाउने मानिस छैन भने देवगृहको के अर्थ रह्यो र ? “ पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति ” भन्ने मुल नाराका साथ अगाडि बढिरहेको भनपाले यसप्रति विशेष चासो दिनुपर्छ । आफ्नै मौलिक नाचको संस्कृति र परम्परालाई जीवन्तता दिन र बचाइ राख्न मुकुन्डो बनाउने कामका लागि सम्बन्धित निकाय, सङघ संस्थाले उचित आयस्रोतको व्यवस्था गनुपर्ने अति आवश्यकता देखिएको ग्वंगले बताए ।

गुठी संस्थान कार्यालयका प्रमुख अच्युतानन्द घिमिरेले धार्मिक तथा साँस्कृतिक महत्व बोकेको भक्तपुरलाई जीवन्त राख्ने प्रसिद्ध तान्त्रिक नवदुर्गा नाचलाई जीवन्तता दिन कार्यालयले मुकुन्डो बनाउने चित्रकारलाई सक्दो सहयोग गर्दै आईरहेको बताए ।

वौद्ध धर्मालम्बीले मनाइने पञ्चदान पर्व

बौद्ध धर्मालम्वीहरुको सबैभन्दा ठूलो पर्व पञ्चदान साँस्कृतिक उत्सवका रुपमा मनाइने गरिन्छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशिका दिन पञ्चदान पर्व मनाइने गरिन्छ ।

बौद्ध संस्कृतिमा आफ्नै मौलिक परम्पराका रुपमा रहेको विभिन्न जीवन्त सांस्कृतिक पर्वहरु मध्ये एक मानिने पञ्चदान पर्व भक्तपुरमा भिन्नै तवरले मनाइन्छ ।

भक्तपुरको प्रसन्नशील महाविहार, चतुव्रम्ह महाविहार, मगंलधर्मदीप महाविहार, जयकिर्ति महाविहार र बौद्ध समकृत महाविहारमा रहेको पाँच प्रमुख दीपंकर बुद्धका मुर्तिहरुलाई भक्तपुरको सूर्यमढि टोलदेखि नगरपरिक्रममा गरी थथुवही भुईख्यसम्म विभिन्न स्थानहरुमा विराजमान गराई पुजा गर्ने र नगर परिक्रममा गराउने प्रचलन रहेको छ ।

त्यसवेला शील पालन गरी भिक्षाटनका लागि सहभागि गृहस्थ भिक्षुहरु शाक्य बज्राचार्य, बुद्धाचार्य परिवारका कुलपुत्रहरुलाई आफनो घर चोक विहारमा स्वागत गरी खीर भोजन लगायतका अन्न मिठाई, फलफूल, दक्षिणा आदि दान गरिन्छ । वौद्ध धर्मालम्बीहरुले आजको दिनमा भिक्षा ग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने जन आस्था रहेको पाइन्छ ।

9/13/11

भक्तपुरमा कृष्ण पुजा

कृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरका कृष्ण मन्दिरहरुमा विहानै देखि धुमधामका साथ कृष्णपुजा मनाउने गर्दछन् ।

भक्तपुर नगरमा अवस्थित कृष्ण मन्दिरहरुमा पुजा अचर्ना गरी प्रसाद चढाउन जाने भक्तजनहरुको विहानैदेखि ठूलो घुइँचो लागेको छ । भक्तजनहरु आ आफ्नो गच्छे अनुसार प्रसाद चढाउन कोही समूह समूहमा आउने गर्दछन् भने कोही लाइनबद्ध रुपमा आउने गर्दछन् ।

सांस्कृतिक तथा धार्मिक महत्व बोकेको भक्तपुरको कृष्ण पुजालाई विशेष पुजाका रुपमा लिइने गरिन्छ । स्थानिय नेपाल भाषामा बो छायगु नामले प्रसिद्ध रहेको छ यो कृष्ण पुजा । कृष्ण जन्माष्टमीको भोली पटक गरिने कृष्ण पुजाका दिन गोल्मढी, चोछे., चासुखेल, देगमना, बाराहीस्थान, बंशगोपाल, दरबार स्क्वायर सहित ४३ वटा कृष्णलाई पुजा चढाउने परम्परा रहेको स्थानिय बासिन्दाहरु वताउछन् ।

यो पुजामा सांस्कृतिक वाद्यवादन भजनकीर्तन, दाफा, भजन समूह, बाजागाजा सहित युवायुवती, केटाकेटीदेखि बृद्ध उमेरसम्मका भक्तजनहरु सबैले उत्साहपूर्ण रुपमा सहभागी जनाउने गर्दछन् ।

मल्लकालीन समयबाट सञ्चालन आएको कृष्ण पुजालाई अहिले पनि भक्तपुरवासीले जीवन्तता दिदै धुमधुमाका साथ मनाइदै आएका छन् । कृष्णको पुजाको धार्मिक जागरणले देशको रक्षा र जनतामासुख शान्ति छाउने भएकोले कृष्णको पुजा गदै आएको संस्कृतिविद्हरु वताउछन ।
महिलाभक्तजनहरु पुजा तथा प्रसाद चढाउदै

8/24/11

कृष्णाष्टमीको अवसरमा नेवारी पहिरण सहित शोभायात्रा

रविना
मध्यपुर, थिमि


कालो सारीमा रातो पारी (हाकुपरासी), त्यसमाथि १२ हाते पटुकी, शिरपक्षको घरबुना कपडाबाट सिलाएको चौवन्दी चोलोमाथि सेतो खास्तो, रातो टिका , गलाभरी माला अनि हातमा विभिन्न रङ्गका चुरा । नेवार महिलाहरुको यो परम्परागत पोशाक मध्यपुर थिमीका महिलाहरुले कमै मात्र लाउन पाएका छन् । 

भक्तपुरका जात्राहरुमा लगाइएको देखेका नेवार महिलाहरुको यो परम्परागत पोशाक मध्यपुर थिमीका महिलाहरुले कमै मात्र लाउन पाएका छन् ।

भक्तपुरका महिलाहरुले लगाएको देखेका र आफ्ना बज्यैहरुले लाएको थाहा पाएका थिमीलेहरुले सोमबार भने प्रत्यक्ष रुपमा सो पोशाकमा सजिने मौका पाए । खासगरी नेवारहरुमा पनि किसान परिवारका महिलाहरुको पोशाकको रुपमा चिनिएको सो हाकुपरासी, शिरपक्षको लुगा र सेतो खास्टोमा सजिन पाए पछि थिमिका महिलाहरुले धेरै वर्षपछि आफू नेवार भएको अनुभुति गर्न पाएका थिए ।

सोको अनुभुति गर्न पाउने मौका मध्यपुर थिमी इनाय टोलस्थित नारायण भजन मण्डलले जुराइ दिएको हो । श्री कृष्णाष्टमीको अवसरमा कृष्ण पूजा परिक्रमा तथा शोभा यात्राका दौरानमा थिमीका नवयुवतीहरु पहिलोपटक परम्परागत पहिरणमा सजिएका थिए ।

धिमे बाजा, धाँ बाजा लगायतको वाद्यवादनका साथ मध्यपुर थिमीका प्रत्येक मन्दिरमा पुगेका महिलाहरुमा नेवार मात्र नभइ गैर नेवारहरु नेवारी पोशाकमा सजिएका थिए । सोमबार भएको कृष्ण शोभा यात्राले गर्दा मध्यपुर थिमीका टोल टोल आकर्षणको केन्द्र बनेको थियो । अरु बेला खासै देश परिक्रमाको अनुभव नपाएका मध्यपुर थिमीबासीले बालकुमारी, चपाचो, नगदेश, बोडे परिक्रमा गरी मन्दिर मन्दिरमा सगुन चढाएका थिए ।

राज गणेश इनाय टोलबाट शुरु भएको शोभा यात्रा, गरुडनारायण, नित्यनाथ, ब्रमायणी, विष्णुबीर, मरु कृष्ण, इन्द्रायणी, हात्तीमहाँकाल, सिद्धिकाली, सोंगा, नगदेश गणेश, बोडे गणेश, महालक्ष्मी, थापाननि बाराही, तिगनी, बाहाखा भिमसेन, वाहाननी, बागफल्चा, पोवु सूर्यविनायक, भुलाँखेल कृष्ण, चोडे गणेश, निगुपुखु कृष्णसम्म पुगेर समापन गरिएको थियो ।

व्यापारीवर्गको प्रसिद्ध जात्रा : भीमसेन जात्रा

उपत्यकाका तीन शहरहरुमध्ये ललितपुर शहरको आफ्नो छट्टै पहिचान रहेको छ  । यही शहरभित्र पर्ने पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । यही दरबार क्षेत्र भित्र पर्ने भीमसेनको मन्दिर मल्लकालीन काष्ठकला र धातुकलाको अनुपम नमुनाको रुपमा रहेको छ । मल्लकालीन राजा श्रीनिवास मल्लले नेपाल सम्वत ८०१ (वि.सं. १७३८) मा यस मन्दिरको मूलद्वारको दाहिने पट्टीको शिलालेखले प्रतिविम्वीत गरिरहेको छ ।
 
प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले यो मन्दिर ज्यादै सुन्दर एवं आकर्षक रहेको छ । मन्दिरको माथिल्लो छाना सुनको मोलम्बा र त्यस मुनिका दुईवटा छानाहरु झिगँटीले छाएका छन् । भैरवको एक अवतारको रुपमा मान्ने गरिएको यस भीमसेन मन्दिरको पुरानो नाम मणिभैरव हो । पूर्वाभिमुख अवस्थामा रहेको यस मन्दिरको दोस्रो तल्लामा मुख्य भीमसेनको देवागार रहेको छ । साथै यसै तल्लामा भीमसेन, भैरव, द्रोपदी र वालीका गरी चारवटा मूर्तिहरु रहेको छ । सुनको संख्या र टुँडालहरुमा धातु निर्मित विभिन्न किसिमको भैरव मूर्तिहरुले यस मन्दिरको तेस्रो अर्थात माथिल्लो तल्लामा भीमसेनको सबभन्दा पुरानो मूर्ति रहेको छ ।

नेपाली व्यापारीवर्गहरु भीमसेनलाई व्यापारीको प्रयाप्त वा प्रतिकको रुपमा दिने गर्छन् । महाभारत र पुराणहरुमा बल, साहसी र बहादुरीको प्रतिकको रुपमा देखापर्ने भीमसेन नेपालमा व्यापार र वाणिज्य क्षेत्रका प्रमुख देवताका रुपमा कहिले र कसरी प्रवेश भयो भन्ने कुनै आधारिकारीक प्रमाण प्राप्त भएको छैन । तर प्राचीन समयमा नेपालीको वेदैशिक व्यापारको सिलसिलादेखि नै यसको प्रवेश भएको हुनुपर्छ भन्दा आमजनमासको धारणा रहेको पाइन्छ । वैदेशिक व्यापारको क्रममा कठिन पहाड, खोलानाला घनाजंगल पार गरेर जानुपर्ने र फर्कदा बाटोमा चोरी डकेतीको भय जङ्गली जनावरहरुको सामना गर्नका लागि बल, साहस र बहादुरीको आवश्यक पर्ने कुरा विचारणीय छ । तसर्थ यस्तो अवस्थामा भीमसेन सम्बन्धी कतिपय लोककथा र किंवदन्तीहरुबाट पनि हामी थाहा पाउन सक्छ ।
 
नेपालमा अरु देवीदेवताहरुको जात्राहरुजस्तै भीमसेनको पनि जात्रा गरिन्छ । हरेक वर्ष भाद्र कृष्णदशमीको दिन भीमसेन पुजा अथवा भीमसेन जात्रा गरिन्छ । मुख्यगरी नेवार समुदायको बाहुल्यता रहेको छ । व्यापारीवर्गको महत्वपूर्ण  र प्रसिद्ध जात्राको नामले भीमसेन जात्रालाई चिनिन्छ । यो जात्रा विशेष रुपमा पाटनमा अवस्थित भीमसेनको जात्राको रुपमा  प्रचलित रहेको छ । उपत्यकाका व्यापारीहरु यस जात्रामा सहभागी हुन जात्राको दिन भोजको कार्यक्रम सहित समूह समूहमा पाटन दरवार क्षेत्रमा आएको पाइन्छ । राती हुने यस जात्रा भीमसेनको मूल मन्दिरको अगाडि रहेको डबलीबाट यस जात्राको शुभारम्भ गरिन्छ । जात्रामा सहभागी हुन पाटनका प्रत्येक टोल टोलबाट भजनमण्डली आउछ । खतमा भीमसेनको मूर्ति विराजमान गराई जात्रामा सहभागी जात्राहरु (विशेगागरी व्यापारीवर्ग) धूप धुटौरा र चित्रण बाली खतको अघि अघि हिड्छ । सो धूप धुपोटाले वातावरणलाई सुगन्धित बनाउँदछ । सो भीमसेनको खतलाई पाटनको मगंलबजार लगायत शहरका मुख्य मुख्य भागको परिक्रमा गराई सकेपछि फेरी सोही स्थान ल्याएर खत विसर्जन गरिन्छ । भीमसेन बल, साहसी र बहादुरीका देवताको रुपमा लोकप्रिय रहेकाले व्यापारीवर्गका साथै युवावर्गमा समेत यिनको प्रभावका साथै यस जात्राको प्रभाव विशेष रुपमा देखापरेको छ ।

8/15/11

साउनको एक महिने दत्तात्रय मेला सम्पन्न

– लक्ष्मी गारु

भक्तपुर, ३० साउन – विश्व सम्पदा सुचीमा सुचिकृत भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिरमा हरेक वर्ष साउन महिनाको प्रत्येक सोमबारका दिन लाग्ने एक महिने मेला आज विशेष पुजा अर्चनाका साथ सम्पन्न भएको छ ।

धार्मिक तथा ऐतिहासिक रुपले अत्यन्त महत्वपुर्ण मानिएको दत्तात्रय भगवानलाई व्रम्हा, विष्णु र महेश्वर तीन देवताका अवतारका रुपमा पुजिने गर्दछ ।  पौराणिक कालमा दत्तात्रय मन्दिरमा साउन सोमबारका दिन चोखो भई ब्रत बसेर दत्तात्रय भगवानको पुजा अर्चना तथा दर्शन गर्नाले आफुले चिताएको मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

देवताहरुका पनि देवताका रुपमा पुजिने दत्तात्रय मन्दिरमा आफुले चिताएको मनोकाक्षां पुरा होस् भन्ने अभिलासाले साउनको प्रत्येक सोमबार भक्तजनहरुको विहानैदेखि बेलुकासम्म भिड लाग्ने गरेको मन्दिरका पुजारी बताए ।

भक्तजनहरुले आफ्नो मनोकाक्षां पुरा गरिदिने देवताका रुपमा दर्शन गर्न आउने दत्तात्रय भगवानको मन्दिरमा आउने अधिकासं भक्तजनहरु अविवाहित भए राम्रो वर पाउने र विवाहित भए श्रीमान् तथा परिवारको सुस्वास्थ्य, दिर्घायु र सुखमय होस् भन्ने मनोकाक्षां लिई पुजा अर्चना तथा दर्शन गर्ने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठले बताए ।

दत्तात्रय भगवानको दर्शन गर्न धुलिखेलबाट आएकी रामकुमारी खटिवडा र पाटनबाट आएकी अम्बिका श्रेष्ठले परिवार जनको  सुस्वास्थ्य, दिर्घायु र सुखमय होस् भन्ने मनोकाक्षां लिएर पुजा अर्चना तथा दर्शनका लागि आएको बताउनुभयो । यसरी आ–आफ्नो मनोकाक्षां पुराहोस् भन्ने हेतुले दत्तात्रय भगवानको मन्दिरमा काठमाण्डौं, ललिटपुर, साँखु, थिमी, भक्तपुरको विभिन्न ग्रामिण क्षेत्रहरु, बनेपा, धुलिखेल, नाला, पनौटी लगायतका ठाउँहरुबाट दर्शनका लागि भक्तजनहरु आउने गरेको पाइन्छ ।

हराउँदै गए परम्परागत जाँतो

– लक्ष्मी गारु
परम्परागत रूपमा पिसानी गर्ने जाँतो संरक्षणको अभावमा हराउँदै गएको छ ।

चामल, गहुँ, केराउ लगायत अन्य गेडागुडी पिन्ने जाँटो मिलको विकास हुनुभन्दा पहिला गाउँघरदेखि शहर बजारका घरघरमा हुने जाँटो अहिले ठाउँठाउँ आधुनिक विधुतिय मिल भएकोले संरक्षणको वस्तु बन्न पुगेको हो ।

स्वास्थ्यका दृष्टिले जाँतोमा पिनेको अन्न स्वादिलो र पौष्टिक तत्वयुक्त भएपनि प्रविधिको विकाससँगै आधुनिक समाजमा विभिन्न खाद्यवस्तु पिन्ने मिलहरु धेरैनै बढेका कारण जाँटो हराउँदै गएको हो । 

एकवर्ष अगाडीसम्म चामल, केराउ, सिमी जाँतोमा पिस्दै आएकी नगरकोटकी राममायाँ तामाङ आजकल जाँतो चलाउन निकै गाह्रो भएको महसुस गर्न थालेका छन् । केही समय अगाडी केटाकेटी, बुढाबुढीदेखि लिएर युवा वर्गले समेत कोदो, मकै पिस्ने बेलामा रातभरी लाएरै भएपनि जाँतोमै पिस्ने काम गरथ्यो तर आजकल हामीलाई त गाह्रो भएको छ भने अहिलेको छोरी बुहारीले गर्न नसक्ने तामाङले बताइन् । त्यसैगरी काँक्राबारीकी ६९ वर्षीया कान्छी तामाङले आफ्नो पालामा चामल,  मकै,  केराउ, सिमी र कोदो रातभरि जाँतोमा पिस्दा पाँच–छ पाथी पिसेर घरको काम समेत भ्याउनुपर्ने भएकाले धेरै दुःख गर्नु परेको बताए ।
   
सामाजिक मूल्यमान्यता बोक्ने दर्पणको रुपमा रहेका कुटानी पिसानी गर्ने परम्परागत वस्तुहरु लोपहुँदै जाने हो भने कुनै समयमा त्यस्तो वस्तुहरुको अस्तित्व समेत नरहने अवस्था नआउँलान् भन्न सकिन्न ।

8/14/11

भक्तपुरमा सांस्कृतिक पर्व गाइजात्रा विहानैदेखि मनाइन्दै

– लक्ष्मी गारु
भक्तपुर, २९ साउन – वर्ष दिनभित्र मरेका मान्छेको दिवंङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व आज विहानैदेखि भक्तपुरमा शुरु भएको छ ।
  
वर्ष दिनभित्र मरेका मान्छेको दिवंङगत आत्माले मोक्ष प्राप्त गरुन भन्ने आकांक्षाले प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिनदेखि आठदिनसम्म गाइजात्रा पर्व नेवार समुदायले विशेष पर्वका रुपमा मनाइन्छ ।
   
गाईजात्रालाई नेपाल भाषामा सापारु पनि भनिन्छ । विधिवत गाईलाई नगर परिक्रममा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने  धार्मिक विश्वास अनुसार यो पर्व मनाइन्दै आइरहेको छ ।
  
गाईजात्रा पर्व देशव्यापी मनाइने भएपनि भक्तपुरमा भन्ने भिन्नै तवरमा सांस्कृतिक उत्सवका रुपमा मनाइन्छ । गाईजात्राका दिन विहान सवेरै भक्तपुर तलेजु स्थानवाट भक्तपुरवासीले कुखुरा नवास्दै पहिलो तलेजुको ताहामचा बनाई नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।  त्यसपछि सर्वसाधारण मान्छेको मृत्यु भएकाहरुको मृतात्माहरुको प्रतिक ताहामचा वनाइ नगर परिक्रमा गर्ने गरिन्छ ।
   
गाईजात्राका दिन वर्ष दिनभित्र मरेका मध्ये मृत्यु संस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाहरुको सांचा वनाई नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामाचा वनाई देश परिक्रमा गर्ने प्रचलन रहेको इतिहास तथा सँस्कृतिविद्हरु बताउँछन् । तामचालाई मृतकको घरको मूल ढोका अगाडि पुरोहितले क्रियापुत्रद्धारा पुजा संकल्प गराई विधि वमोजिम पुजा गरी मृतकको आत्मा सजिलैसित स्वर्गलोकमा पुगोस् भन्ने कामना गरेर नगर परिक्रमा गराइन्छ ।

भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आर्कषण घिन्ताङघिसी नाच हो । ताहामचासंगै घिन्ताङघिसी नाच समेत प्रर्दशन गर्ने प्रचलन रहेको छ । कसैकसैले मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला रामायणहरु समेत प्रर्दशन गर्ने प्रचलन रहेको छ । कसै कसैले कालो माटोको साँढे वनाई सृंगार पटारका साथ खटमा राखि केटाकेटीहरुलाई आकर्षक तवरले सृंगारी वाजागाजाका साथ वासा लुइके गरेर प्रर्दशन गर्ने प्रचलन रहेको छ ।

गाईजात्रा पर्व धार्मिक तथा सांस्कृतिक महत्व वोकेको पर्व हो । भक्तपुरका तत्कालिन राजा जयस्थिति मल्लको छोराको मृत्यु भएकोमा रानीले मृतक छोराको सम्झनामा धेरै सुर्ता , चिन्ता, लिइन । राजाले आफ्नो रानीलाई धेरै सम्झाए पनि रानी संधै छोराको सम्झनामा चिन्तामात्र लिइरहने गर्छिन् ।
  
राजाले दुनियाँमा आफ्ना छोरामात्र मरेको होइन वर्षदिनमा यतिका छोराछोरी मृत्यु भइसकेका छन् भनि रानीको मन शान्त पार्न र देखाउन राजा जयस्थिति मल्लले भक्तपुर इलाकामा मृतकको सम्झनामा गाई ( ताहामचा )प्रर्दशन गर्नुपर्ने परम्परा बसालेको  इतिहासमा उल्लेख रहेको छ ।

यतिले पनि रानीको मन शान्त हुन नसकेकोले विभिन्न प्रकारका प्रहसन, व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश भए अनुरुप सो प्रचलन हालसम्म पनि चलेको संस्कृतिविद्हरु वताउँछन् ।

गोपालराज वंशावलीमा पनि साँ याता जात्रा भन्ने उल्लेख गरिएको छ । यो गाईजात्रा पर्व कहिलेदेखि शुरु भयो भन्ने तथ्यगत प्रमाण नभएता पनि विक्रमको १४ औ शताव्दी भन्दा अगाडि लिच्छविकालको अन्त्यमा यो गाईजात्रा शुरु भएको     मानिन्छ ।
  
मरेका मान्छेहरु बैतडी नदी तर्नका लागि गाईको पुच्छर समातेर जान सकिएमा स्वर्गमा पुगिन्छ भन्ने धार्मिक मान्यता रहेको यो जात्रा तलेजुको साँ ( ताहामचा ) ल्याएर गाईजात्रा शुरु गरिन्छ भने भैरव र भद्रकालीको साँ ल्याएपछि  गाईजात्रा सम्पन्न गर्ने प्रचलन रहेको छ । गाईजात्राले मानिसको मृत्यु जस्तै देव देवीको पनि मृत्यु हुन्छ र जन्म हुन्छ भन्ने सामाजिक मान्यता रहेको यसले दर्शाएको छ ।

वर्षदिनभित्र दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाई वा ताहामचा वनाई  आ – आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुहरुद्धारा फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । पहिला शान्तपूर्ण रुपमा जात्रा हुने गर्दछ तर आजभोलि जात्रामा उत्श्रृखल वढ्दै गई जात्रामानै विकृति आउन थालेकोमा गम्भिर चिन्ता व्यक्तगदै त्यस्ता विकृति हटाउन सबै लाग्नुपर्ने स्थानिय समाजका अगुवाई अनंन्त धौभडेल बताए ।

भक्तपुरकै अर्को शहर ठिमीमा भने राँको वालेर गाईजात्रा पर्व मनाइने परम्परा रहेको छ ।

गाईजात्राको भोलिपल्ट देखि कृष्णा अष्टमीसम्म विभिन्न देवीदेवताको जात्रा सँगै व्यङ्गग्यात्मक प्रहसन, ख्याल, नाटकहरु प्रर्दशन गर्ने गरिन्छ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंङ्गत आफ्न्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व आज भक्तपुरमा विशेष रुपमा मनाइन्छ ।

पानीका मुहानहरु सफा गर्ने पर्व सिठी नखा

– लक्ष्मी गारु

उपत्यकामा पानीको हाहाकार भएको बेला नेवार समुदायले पानीका मुहानहरु सफा गरेर  सिठी नखा पर्व मनाउने गर्छन् ।
सुख्खा मौसमका कारण पानीका प्रमुख श्रोतहरु सुक्दै गएका वेला नेवार समुदायले आजका दिन पानीका विभिन्न प्राकृतिक स्रोतहरु इनार, कुवा, पोखरी र ढुङगेधारा सरसफाइ गरेर सिठी नखा पर्व मनाउने गर्छन् ।

प्रत्येक वर्ष जेष्ठ महिनाको शुक्लपक्षको षष्टीका दिन पानीका स्रोतहरु सरसफाइ गर्दा स्वच्छ जीवन जीउन सकिने तथा नेवार समुदायको परम्परा बच्ने इतिहास तथा सस्कृतिविद्  पुरुषोत्तम लोचन श्रेष्ठले बताएका छन् ।

सिठी नखाकै अवसरमा भक्तपुरका दर्जनौ भन्दा बढी कुवा, इनार, पोखरीहरु टोलबासी मिलेर सफा गर्छन् । सफा गरेका पानीका मुहानमा छिटो पानी भरियोस् भने हेतुले सरसफाई पछि नागको प्रतिक बनाएर राख्ने चलन छ । भोलिपल्ट  विहान नागको पुजा सकेपछि मात्र पानी निकाल्ने प्रचलन पनि रहेको छ ।

पर्यटकीय मार्गको रुपमा विकास गर्न फुटपाथ निर्माण कार्य शुरु

– लक्ष्मी गारु
भक्तपुर नगरको शहरी सौन्दर्य बढाउन र पर्यटकीय मार्गको रुपमा विकास गर्न डिभिजन सडक कार्यालयले सडकको दाया“ वाया“ फुटपाथ निर्माण शुरु गरेको छ ।

भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई अझ उजागर गर्न सडकलाई हरियाली क्षेत्रका रुपमा विकास गर्न फुटपाथ निर्माण शुरु गरेको हो ।

भक्तपुर नगरको मुख्य शहरी क्षेत्र र पर्यटकीय मार्गमा पैदल यात्रीहरुलाई आवागमन सजिलो बनाउन सल्लाघारीदेखि दरवार स्क्वायरसम्म सडकको दायाँवायाँ फुटपाथ निर्माण गरी ग्रीन बेल्ट समेत बनाउने योजना रहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

शहरी सडकलाई पर्यटकीय मार्गको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा फुटपाथ निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको कार्यालय प्रमुख करन राणाभाटले बताए ।

भक्तपुरको दत्तात्रयमा मेला

– लक्ष्मी गारु
साउन सोमबारको अवसरमा भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ ।
    
आफ्ना श्रीमान्को लामो आयु र सुस्वास्थ्यको कामना गर्दै महिलाहरु दत्तात्रय मन्दिरको पुजा अर्चना गर्न विहानैदेखि ठूलो घुइचो लाग्ने गर्दछ ।
   
ब्रम्हा, विष्णु र महेश्वरका तीनै देवताका संयुक्त अवतारका रुपमा लिइने प्रसिद्ध दत्तात्रय मन्दिरमा प्रत्येक वर्ष साउने सोमबारका दिन ठूलो मेला लाग्ने गर्दछ । महिलाहरु निराहार बसी दत्तात्रय मन्दिरमा गई पुजा अर्चना गर्नुका साथै उन्मुक्त भई विहानै दत्तात्रय लयायत अन्य महादेव स्थानमा समेत पुजा गर्ने गर्छन् ।
  
दत्तात्रय भगवान्को पुजा अर्चना गर्न काठमाडौं, ललितपुर, काभ्रे, भक्तपुरको विभिन्न स्थानहरुवाट भक्तजनहरुको ठूलो घुइचो लाग्ने गरेको मन्दिरका पुजारी बताउनु     हुन्छ ।
  
हरेक साउने सोमबारका दिन दत्तात्रयको पुजा अचर्ना गर्नाले श्रीमान्को लामो आयु हुने र कुमारी केटीले चिताएको राम्रो श्रीमान् पाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

शिर विहिन विश्वप्रसिद्ध मयूर झ्याल

– लक्ष्मी गारु
विश्वको वृत्तचित्रमा अत्यन्त दुर्लभ मानिने विश्वप्रसिद्ध म्हय्खा झ्यो (मयूर झ्याल ) मा सम्बधित निकायको ध्यान आर्कषण नभएका कारण विगत ७५ वर्ष अघिदेखि मयूरको आकृतिको शिरभाग छैन ।

भक्तपुर नगरपालिका वडा नं ३ तचपाल स्थित दत्तात्रय मन्दिरसँगै दक्षिणपूर्वी भागको पूजारी मठमा रहेको पुरातात्विक काष्ठकलाबाट निर्मित मयूर झ्यालको टाउको ९० सालको भुकम्पमा भाँचिएको अहिलेसम्म पनि मर्मत हुन सकेको छैन ।

मठको पूर्वी मोहदाको दोश्रो तल्लामा आँखी झ्याल गरी राखिएको मयूर अंकित ४ वटा झ्यालहरु मध्ये  २ वटा ठूला र २ वटा सानो मयूर झ्याल रहेको छ । जसमध्ये ठूला मयूरको झ्यालमा रहेको आर्कषक देखिने मयूरको शिरको भाग भाँचिएको छ ।

मठका नाइके विकुनारायण ज्याख्वका अनुसार ९० सालको भुकम्प अघि मयूर झ्यालमा मयूरको पूर्ण आकृति थियो र भुकम्प आएपछि मयूर झ्याल अगाडीको घर भट्किएर उक्त झ्यालको मयूरको शिर भाँचिएको हो ।

२०३० सालमा जर्मनका केही नागरिकहरुको नेतृत्वमा त्यस मठको जिर्णोद्धार गरिएको थियो । मठ जिर्णोद्धारको क्रममा मयूर झ्यालको मर्मतको लागि सम्वधित निकायलाई पटक पटक जानकारी गराए पनि विभिन्न कारणहरु देखाई यस विषयमा चासो नदेखाएको जानकारी दिनुभयो ।

स्थानिय बासिन्दा आशलाल दुवालका अनुसार भुकम्प आउनुपुर्व झ्यालमा अंकित मयूरको घाँटीमा चिरा परेको थियो र भुकम्प पछि शिर नै भाँचियो र बाँकी रहेको अर्को ठूलो मयूर झ्यालमा पनि शिरमा कल्की छैन जसले गर्दा झ्यालको आर्कषणमा निकै कमी आएको दु:ख व्यक्त गर्नुभयो ।

भुकम्पपछि पुजारी मठ पटक पटक जिर्णोद्धार भइसके पनि मर्मतको बेला झ्यालमा मयुरको टाउको जोड्ने काम भने कोहीबाट पनि भएन । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित सम्पदा शाखाका कर्मचारीका अनुसार भक्तपुर  विकास परियोजना जस्ता महत्वाकांक्षी  पुर्ननिर्माणको क्रममा पनि टाउको मर्मत नहुनुमा कुनै साँस्कृतिक वा ऐतिहासिक कारण हुन सक्ने आशङका व्यक्त गर्नुभयो ।

पुजारी मठमा मयूरको आकृति भएको झ्याल हुनुमा ऐतिहासिक कारण भएको संस्कृतिविद् ओमप्रसाद धौभडेलको कथन छ । उनका अनुसार पुजारी मठमा दत्तात्रयको पूजाआजा लगायतका कार्यहरु सम्पन्न हुन्छन् ।

मयूर भन्ने स्थानको एक फकिर व्यापारीले बनाएको मठ भएर यस पुजारी मठमा मयूरको आकृति रहेको हो । गुरुवृक्ष गिरी नामका उक्त व्यापारीले आफ्नो बासस्थानको सम्झनामा उक्त मठमा मयूरको आकृति राखेका हुन् ।

ऐतिहासिक प्रसंग र स्थानिय वृद्धहरुको भनाइ अनुसार मयूर झ्यालको पूर्ण आकृति रहेको तथ्य प्रमाणित छ । तर सम्पदा शाखाले जनाए अनुसारको मान्यता स्थापित हुने खतरा यस खालको ऐतिहासिक प्रसङगमा झन् बढी हुन्छ ।

भक्तपुर नगरपालिका अन्र्तगत सम्पदा शाखाका प्रमुख कृष्णगोपाल प्रजापति पनि आफूलाई मयूरको टाउको भाँचिएको याद नभएको स्वीर्काछन् । भक्तपुरका विभिन्न मठ मन्दिर लगायत अन्य ठूला स्मारक जिर्णद्धार गरेको संकेत गर्दै उनले बताए ।

संरक्षणको प्रतिबद्धता जनाए अनुसार सरोकारवालाहरुले तत्कालै संरक्षण गर्ने आवश्यक कदम चाल्नुपर्ने जनगुणासो रहेको छ । समयमै यस कलात्मक झ्यालको संरक्षणमा ध्यान केन्द्रित नगर्ने भए भविष्यमा कुनै समयमा भक्तपुर शिर विहिन मयूर झ्यालको नामबाट प्रसिद्ध नहोला भन्न सकिन्न ।

8/12/11

चाँगुनारायणमा ठूलो मेला

भक्तपुरको विश्व सम्पदा सुचिमा सुचिकृत लिच्छविकालीन चागुनारायण मन्दिरमा विभिन्न अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।
 
प्रत्येक वर्ष वर्षा ऋतुको साउन शुक्ल पक्ष (नागपंचमी) का दिन चाँगुनारायणमा ठूलो मेला लाग्ने गर्दछ ।

हिन्दु परम्परा अनुसार आजकै दिनमा चागुनारायणको पुजा गरी घरको दैलोमा नागको छापा अंकित चित्रमा विधि पुर्वक धुपदिप बालेर दुध चढाएर पुजा गर्ने परम्परा छ ।   

वर्षाकालमा नाग र सर्पले धेरै दुःख दिइरहको नागलाई शान्ति गरी त्यही नागबाट वरदान पाएकोले नाग पुजा गरी नागपंचमी मनाउने गरेको संस्कृतिविद्हरु     बताउँछन् ।

नागपंचमीको दिनमा नागको पुजाअर्चना गरेमा शुख, शान्ति र पूण्यप्राप्ति हुनुका साथै नागको दुःखबाट मुक्त हुन्छ भन्ने धार्मिक विश्वास र मान्यता रहेको छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक रुपमा नेपालकै प्राचीन मानिने चाँगुनारायण मन्दिरमा नागपंचमीको दिन बाहेक विभिन्न समयमा ठलठूला जात्रा, मेला लाग्छ ।

संरक्षणको पर्खाईमा भाजु पोखरी

– लक्ष्मी गारु
पोखरी नै पोखरीको शहर भनेर चिनिने भक्तपुरकै प्राचिन ऐतिहासिक महत्व बोकेको भाजु पोखरी पुनःनिमार्ण एवं जिणौद्धारको पर्खाइमा रहेको छ । 

ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरको वडा नं १७ दुधपाटीमा अवस्थित रहेको ऐतिहासिक भाजु पोखरी जिणौद्धारको क्रममा विवाद उत्पन भएपछि जिणौद्धार कार्य प्रभावित हुन गएको थियो । २०५९ साल बैशाख ६ गतेवाट जिणौद्धार कार्य शुरु भएकोमा स्थानिय वासिन्दा विवाद उत्पन्न भएपछि झण्डै ५/६ महिनापछि सम्पूर्ण काम नै ठप्प हुन गएको थियो । त्यस वेलादेखि अहिलेसम्म पनि पोखरीको जिणौद्धार गर्ने कार्यको पहल कसैकतैवाट गरिएको छैन । 


२०५९ सालम जनप्रतिनिधिको म्याद सकिए लगतै पोखरीको जिणौद्धारको क्रममा मनोनित जनप्रतिनिधि र उपभोक्ता समिति वीच तालमेल नमिल्नु र स्थानिय वासिन्दासंग सामान्य विवाद
उत्पन्न भएपछि जिणौद्धार कार्य रोकिएको भक्तपुर नगरपालिकाका एक कर्मचारीले बताए । भक्तपुर जनप्रतिनिधि नभएको ४ वर्ष भइसक्यो अहिलेसम्म त्यसको बैठक बस्न सकेको छैन त्यसैले भाजु पोखरीको जिर्णोद्धार गर्न अहिले सम्भ छैन । नगरपालिकामा पटक पटक भक्तपुर नगर विकासका विषय बैठक बसे पनि भाजु पोखरीको बारेमा अहिलेसम्म कुनै कुरा उठाएको छैन । त्यसैले यसको जिर्णोद्धार अहिले सम्भ नभएको पनि उहाँले जानकारी दिनुभयो ।  

झण्डै ३० रोपनी क्षेत्रफलमा फैलिएको उक्त पोखरीको पुरै किनार तीन तहमा विभाजित छ । गहिराई तिरको पहिलो तहसम्म पानी भरिने, दोस्रो तहमा वृक्षारोपन गरिने तथा तेस्रो तहमा पोखरी घुम्न मिल्नेगरी बाटो वनाईने योजना रहेको छ । भक्तपुर नगरपालिकाले सो योजना एक वर्षभित्र सिध्याउने गरी ४४ लाख २६ हजार रुपैयाँको वजेट विनियोजन गरिएको थियो । पोखरी जिणौद्धारको क्रममा झण्डै २५ प्रतिशत काम सम्
पन्न भैसकेको र १२ लाख  रुपैयाभन्दा वढी खर्च भैसकेको भक्तपुर नगरपालिकाका वडा नं १७ वडा कार्यालयले जनाएको छ ।

ऐतिहासिक महत्वको यस पोखरीमा अहिले सो क्षेत्रको उत्तरपट्टि बस्ने ३० भन्दा वढी घर परिवार, जुद्ध वारुण यन्त्रका कर्माचारी, पशुसेवा कार्यालयका कर्माचारीहरुको ढल तह लगाउने उपयुक्त स्थान वनेको छ ।


भाजु पोखरी एउटा ऐतिहासिक पोखरी हो । पोखरीको शहर भनेर गर्व गर्ने भक्तपुरवासीहरु यो पोखरीको दुर्दशा देखिपछि निकै चिन्तीत देखिन्छन् । झण्डै तीन सय वर्ष पुरानो मानिने उक्त पोखरी जिणौद्धार नभएपछि अहिले घासे मैदानको रुपमा परिणत भएको छ । सांस्कृतिक नगरी घुमेर मख्ख परेका पर्यटकहरु पनि यो पोखरीको दुर्दशा देखेपछि भक्तपुरको प्रशंसा गर्न हिचकिच्याउछन् । यस्तो महत्वपूर्ण भाजु पोखरीको जिणौद्धार कार्य छिटो भन्दा छिटो गर्नुपर्ने स्थानिय वासिन्दा
हरुले बताए । उहाँका अनुसार पोखरीको पिधमा बलौटे माटो भएको हुनाले पानी चुहिने समस्या रहेको छ । यसका लागि पोखरीको झारपातलाई निकालेपछि १० इन्च कालो माटोले भरी त्यसमाथि इटाको छपनी विछ्याने योजना समेत वनाईएको थियो ।

देशकै सवैभन्दा सानो जिल्ला भक्तपुरको नगर क्षेत्रमा साना ठूला गरी तीन दर्जन पोखरीहरु रहेका छन् । भक्तपुरकै एकमात्र सरकारी क्याम्पस भक्तपुर बहुमुखी क्याम्पससंगै
को यो पोखरी जोडिएर रहेको छ । दुधपाटीकै अर्को प्रसिद्ध पोखरी सिद्धपोखरीको सान भने अर्कै छ । स्वदेशी तथा विदेशी पर्यटकहरुको आक्रर्षणको थलो वनिसकेको छ । तर सिद्धपोखरीको दक्षिणमा रहेको भाजु पोखरीको अवस्था भने साह्रै दयनिय अवस्थामा रहेको छ । पोखरीको दयनिय अवस्थाले गर्दा भक्तपुर क्याम्पसको गरिमालाई नै आघात पुर्याई रहेको भक्तपुर वहुमुखी क्याम्पसका प्रविण लाखे भन्नुहुन्छ ।

ऐतिहासिक तथा सांस्कृतिक महत्वसंग पनि गाँसिएको यस पोखरीको जिणौद्धार कार्यको लागि वडा कार्यालयवाट सक्दो प्रयास र सहयोग गरीरहेको वडा कार्यालयले जनाएको छ । मल्लकालिन राजा भुपतिन्द्र मल्लका सल्लाहकार भाजु कशःले उक्त पोखरीको निमार्ण गरेको भन्ने इतिहासमा उल्लेख गरिएको छ । 


नजिकैको प्रसिद्ध सिद्धपोखरी सुकाउने उदेश्यले उनले यो पाखेरी निमार्ण गरेको भन्ने स्थानिय बुढापाकाहरु वताउछन् ।

लोपोन्मुख अवस्थामा भादगाउँले टोपी

– लक्ष्मी गारु
विभिन्न कलात्मक मठ मन्दिर तथा पुरातात्विक महत्वका वस्तुहरुले भरिएको ऐतिहासिक नगरी भक्तपुरलाई चिनाउने भादगाउँले टोपी विस्तारै लोपोन्मुख अवस्थामा पुगेको छ । 


भक्तपुरको पुरानो नाम भादगाउँको प्रतिनिधित्व गर्ने यो कालो भादगाउँले टोपीले भक्तपुरको मात्र नभएर संसारभरि नेपालकै नामलाई सगरमाथा झै उच्च राखेको छ ।


प्रशासनिक क्षेत्रमा बढी प्रयोग गर्ने भादगाउँले टोपीको चलन चल्टीबारे कुनै लिखित इतिहास नभए पनि मल्लकालीन राजा जयस्थिति मल्लले जात विभाजन गर्दा भक्तपुरकै एउटा छुट्टै जातलाई टोपी बनाउने पेशा दिएको भक्तपुर सूर्यमढीका चन्द्रभक्त कस्तीले बताउनुभयो । 


भादगाउँले टोपी बनाउने भक्तपुरमा एउटै मात्र जात छ त्यसलाई भक्तपुरमा चुल्या त्यो भनिन्छ । तर बढ्दो बेरोजगारी समस्याका कारण चुल्या त्यो जात बाहेक अन्य जातका मानिसहरुले पनि यो पेशा अँगालेको पाइन्छ । 


जात विभाजन गरेर काम अनुसारको पेशा दिँदा यस्तो महत्वपूर्ण टोपी बनाउने जिम्मा पनि सम्भवत चुल्या त्योहरुलाई दिएको हुन्छ । विशेषगरी भादगाउँले टोपी बनाउने बस्ती भनेर भक्तपुर नगरमा सूर्यमढी , तौलाछें , भोलाछें र गछें आदीलाई लिन सक्ने उहाँले बताए । 


त्यसैगरी भक्तपुरका सँस्कृतिविद् ओमप्रकाश धौभडेलका अनुसार संयुक्त राष्ट्रसंघमा दर्ता गराउँदा आफूलाई नेपाली भनेर चिनाउन नेपालले रञ्जना लिपी तथा नेपालको नेपाली भाषा प्रस्तुत गरेर नेपाली पोशाकका रुपमा दौरा सुरुवाल शिरमा भादगाउँले टोपीको समेत प्रस्तुत गरेको भन्ने सुनिन्छ । 


त्यसको आधारमा त्रिभुवनले आफनो पालामा ५० पैसाको मुद्रामा सर्वप्रथम भादगाउँले टोपी लगाएर मुद्रा निकालेका थिए जुन अहिले दुर्लभ भइसकेको छ । त्यसबेलाको मुद्रामा प्राय भादगाउँले टोपीहरु हेर्न सकिने उहाँले बताउनुभयो ।


भादगाउँले टोपी भक्तपुरको चिनारी हो ,जसले गर्दा कुनै पनि नेपाली नागरिक संसारको कुनै कुना काप्चामा पुगे पनि नेपाली भनेर चिनिने एउटै मात्र राष्ट्रिय पोसाक दौरा सुरुवाल हो र त्यो दौरा सुरुवालको सबभन्दा माथिल्लो शिरमा बस्ने भादगाउँले टोपी हो । 


त्यो टोपीलाई नेपालीले एउटा ठूला चिनारीको रुपमा लिनुपर्ने तथा व्यक्तिको अनुहार हेर्नासाथ उसले भाषा बोल्नु भन्दा अगाडि नै शिरमा पहिरिएको टोपीले नेपालीत्व झल्काउँछ । 


भादगाउँले टोपीको यस्तो महत्व  हुँदाहुदै पनि यस पेशा अँगाल्दै आएका कालीगढहरुका अनुसार अहिलेको समयमा यस पेशाबाट जीवन निर्वाह गर्न निकै कठिनाइहरु भोग्नु परेको बताउँछन् । चोछेंका कालीगढ कृष्णमोहन राजभण्डारीका अनुसार यो पेशाबाट घरपरिवार चलाउन धौ धौ परेको दुःख व्यक्त गर्नुभयो । 


धेरै काम , कम ज्याला , महंगो कच्चा पदार्थ र उचित बजार व्यवस्थापनको कमीले भादगाउँले टोपी बनाउने व्यवसाय अन्योलमा परेका कारण आफ्ना सन्तानहरु यस पुख्र्यौली पेशाप्रति विमुख भएको र आफू बाध्य भएर यस पेशा अँगाल्दै आएको गुणासो राख्दै राजा महेन्द्रको पालासम्म कुनै पनि नेपाली नागरिक सिहंदरबार भित्र छिर्न भादगाउँले टोपी अनिवार्य रुपमा लगाउनु पर्ने नियम थियो । तर त्यो नियम केही समयका लागि मात्र सिमित रहेको पनि बताउनुभयो ।


हिजोका राजा महाराजादेखि अहिलेका राष्ट्रपतिसम्मका उच्च ओहदाका व्यक्तिहरुको शिरमा सजिने यो भादगाउँले टोपी लोपोन्मुख अवस्थामा पु¥याउन स्वयम भक्तपुरबासी दोसी रहको अर्को कालीगढ कृष्णचरण कस्तीले बताए ।


उनका अनुसार भक्तपुरबासीले भादगाउँले टोपी भन्दा धाकाटोपी बढी प्रयोग गर्छ   नजिकको तीर्थलाई हेला भन्ने उखानलाई सावित गरेकै कारण यो व्यवसायमा कठिनाई उत्पन्न भएको हो । जसले गर्दा आफ्नो पुख्र्याैली पेशालाई भावी पुस्ताले निरन्तरता दिने हो की होइन भन्ने कुरामा उनले शंका व्यक्त गरे ।


बाक्लो कालो कपडाले निकै मिहिनेतका साथ बनाउने यो भादगाउँले टोपीले मानिसको मस्तिष्कलाई समेत रक्षा गर्ने गुण रहेको कालीगढहरु बताउँछन् । तर आधुनिकताको नाममा आफ्नो राष्ट्रियता झल्काउने टोपीलाई त्यागेर अन्य विभिन्न विदेशी टोपी र क्यापहरु लगाउने मानिसहरुको प्रवृतिले देश भित्रकै एउटा समुदायको रोजी रोटी गुम्ने अवस्थामा पुगेको छ । 


देशमा विखण्डनको स्थिति देखिएको अवस्थामा म नेवार हुँ , तामाङ हुँ , म राई हुँ भन्ने एक प्रकारको विखण्डनको आवाज उठिरहेको बेलामा प्रत्येक नेपाली नागरिकले म नेपाली हो भन्ने धारणा जगाउन भादगाउँले टोपीले ठुलो सहयोग गर्नुका साथै राष्ट्रियताको भावना जोगाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।


भाषा र पोसाकहरुले भन्दा पनि यदि सबैको शिरमा टोपी भइदिएको भए हामी नेपाली हो भनेर संसारको कुना काप्चामा चिन्न सक्छौं तर यो कुराको शुरुवाट सबभन्दा पहिले नेपाल भन्दा पनि नेपाल बाहिरका नागरिकहरुले देखाएको सँस्कृतिविद् धौभडेलको गुनासो छ । 


अहिले दार्जलिङमा एक प्रकारको आन्दोलन चलिरहेको छ त्यहाँ गोरखाल्याण्डको आन्दोलनको प्रमुख उद्देश्य भनेको दौरा सुरुवाल लाउने शिरमा टोपी लगाउने विषयमा भएको हो । अहिले त्यस क्षेत्रमा नेपाली भाषाको प्रयोग भएको पनि उहाँले बताउनुभयो । 


पुख्यौली रुपमै भादगाउँले टोपीको पेशालाई अँगाल्दै आएका भक्तपुरका रामसुन्दरहरु जस्ता कालीगढहरुले आफ्नो भावी पुस्तालाई यस पेशामा निरन्तरता दिने कार्यलाई कायमै राख्ने हो भने यो पेशाको निरन्तरताको लागि सम्बधित निकायको ध्यान केन्द्रित गरी नेपालीको पहिचानसँग जोडिएको यो पेशाको संरक्षण र प्रर्बदनबारे साच्ने बेला भैसकेको छ । 


विश्वकै सर्वोच्च शिखर सगरमाथाको झझल्को दिने यो टोपी मात्रले पनि नेपालीलाई संसारभरि चिनाएको छ । आफ्नै देशका कर्मठ हातहरुबाट बनेको यो भादगाउँले टोपीको प्रयोग अनि संरक्षणमा हामीले नै ध्यान दिनुपर्दछ ।

8/10/11

निः शुल्क हलुका सवारी चालक तालिम

जिबेश सितिखू

भक्तपुर, २५ साउन – एशियाली विकास बैंकको ऋण सहयोगमा युसेप नेपालले आजबाट ३ (तीन) महिना   (३९० घण्टे) हलुका सवारी चालक तालिम सञ्चालन गरेको छ ।

व्यक्तिहरुका लागि रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आयोजित उक्त तालिम रोजगारीका लागि सीप परियोजनाका प्रबन्धक पुष्प रमण वाग्लेले सहभागी प्रशिक्षार्थीलाई सवारी सुरु गर्न लगाई कार्यक्रमको उद्घाटन गरेको छ ।

युसेप नेपालका अध्यक्ष रामकृष्ण निरौलाको सभापतित्व भएको उक्त कार्यक्रममा १६ वर्षदेखि ४० वर्ष उमेरका ५०० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

8/8/11

मोबाइल र जन्क फूड प्रयोगमा प्रतिबन्ध

– लक्ष्मी गारु

कतै तपाईले कक्षा कोठामा मोवाइल फोनको प्रयोग त गरिरहनु भएको छैन, कारवाहीमा पर्नुहोला है । मोवाइल फोनको प्रयोगले शिक्षण सिकाइमा प्रतिकुल असर पु¥याएपछि शिक्षा विभागले विद्यालयको कक्षा कोठामा मोवाइल फोन प्रयोगमा प्रतिवन्ध लगाएको छ ।

विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने प्याकिङ्ग गरिएका जङ्क फूडहरु तथा सुख्खा केमिलकयुक्त खाद्य पदार्थहरुको प्रयोगमा समेत प्रतिवन्ध लगाएको छ ।

मोवाइल फोनको प्रयोग आवश्यकतासँगै विभिन्न क्षेत्रमा समस्याका रुपमा पनि देखिएको छ । पछिल्लो समयमा स्कुलमा पढ्ने विद्याथीहरुमा समेत मोवाइल फोन नहुने कम मात्र देखिन्छ । विद्यार्थीले कक्षाकोठामा समेत मोवाइल फानेको् प्रयोगले शिक्षण सिकाइमा प्रतिकूल असर पु¥याएको भन्दै शिक्षा विभागले विद्यालयको कक्षाकोठामा मोवाइल फोन प्रयोगमा प्रतिवन्ध लगाएको हो ।

विद्यालयमा हुने शिक्षण सिकाईलाई प्रभावकारी एवं गुणस्तरीय बनाउन मोवाइल प्रतिवन्ध लगाएको शिक्षा विभागका महानिर्देशक डा.लवदेव अवस्थीले बताए ।

कक्षाकोठामै मोवाइलको फोनले पुरै कक्षाकोठा नै डिस्तप भई विद्यार्थीले नबुझ्ने र विद्यार्थीको शिक्षण सिकाइमा साह्ै असर परेको शिक्षकहरुको भनाई छ । शिक्षकहरुको गुणासोले गर्दा अवदेखि विद्यालय र कक्षाकोठमा विद्यार्थीले मोवाइल प्रयोग गरे जफत गर्न शिक्षा विभागले निर्देशन दिएको छ ।

विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने किसिमका अजिनोमोतो मिसिएका दालमोट, चाउचाउ, चिजवल र कुरकुरे जस्ता प्लास्टिकमा प्याकिङ् गरिएका जङ्क फूडहरु तथा सुख्खा केमिकलयुक्त खाद्य पदार्थहरु दिवाखाजाको प्रयोगमा समेत निधेष गरिएको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने किसिमका घरमा बनाइएका खाद्य परिकारहरु दिवाखाजाका रुपमा प्रयोगमा ल्याउन सबै विद्यालयहरुलाई निर्देशन दिएको छ । शिक्षण सिकाईलाई व्यवस्थित र गुणस्तरीय बनाउन शिक्षा विभागले विद्यालयहरुलाई दिएको निर्देशन कतिको पालना हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

8/7/11

घत्दै छ भक्तपुरे जुजु धौ को महिमा

परापुर्वकालदेखि नै भक्तपुरको पहिचान बोकेको जुजु धौ को महिमा घट्न थालेकोमा भक्तपुरका दही व्यवसायीहरु चिन्तित बनेको छ ।

भक्तपुरको जुजु धौले देशको मात्र नभई विदेशमा समेत भक्तपुरको पहिचान राख्न सफल बनेको जुजु धौको नामबाट अहिले बजारमा अत्याधिक मात्रामा गुणस्तरहीन दही बनाई बेच्ने काम भइरहेकोले दही व्यवासायीहरु चिन्तित बनेको हो ।

विगतमा भक्तपुरको जुजु धौ कलेजो जस्तै चक्कुले टुक्राटुक्रा पारेर काट्न सकन्थ्यो । तर  अहिले त्यस्तो दही कहाँ पाउने ? भक्तपुर याछें नीवासी ७० बर्षीय मंगल बहादुर त्यातको गुनासो छ । अहिलेको दही पसलबाट घरसम्म ल्याउँदा नै चर्किसकेको हुन्छ । विगतमा दहीको कतारोलाई अर्को दहीको कतारोमा घोप्टो पारी छोपेर राजधानीसम्म नोलमा बोकेर पु¥याइन्थ्यो, तर पनि दहीको कतारो केही हुँदैनथ्यो ।

आधुनिकताका नाममा जसरी हाम्रा गौरवमय परपम्परा ओझेलमा पर्दै गएका छन् त्यसैगरी जुजु धौको गुणस्तर पनि गुम्दै गएको स्थिति भक्तपुरको लागि चिन्ताको बिषय बनेको छ । विगतको गुणस्तर कायम नरहेपछि  भक्तपुरको गौरवमय पहिचानमै प्रभावित हुन पुगेको  हो ।

जुजु धौ भक्तपुरको पहिचान हो तर अहिले भक्तपुरमा जुजु धौको विज्ञापन पनि छ जुजु धौ चाहिं छैन सुर्यमढी स्थित विगत ४५ वर्षदेखि दही व्यवसाय गर्दै आएको रत्नसुन्दर सैंजुले भन्नुभयो । उहाँले भन्नुभयो जुजु धौको अर्थ राजा दही हो तर अहिले यो नाममा मात्र सिमित छ । खोई कहाँ पाइन्छ जुजु धौ ?

जो कोहीले पनि जुजु धौको नाममा सामान्य दही बेच्ने काम भइरहेकोले दही व्यवसायीहरु चिन्तित बन्नु पर्ने अवस्था आएको छ । आधुनिक शैलीमा डेरी तथा पाउडर दुधबाट बनेको दहीलाई फ्रिजिङ गरी जमाएको दहीलाई समेत जुजु धौ नाम दिए पछि यो व्यवसाय जतिलता तर्फ मोड्दै गएको  हो ।

संस्कृतिविद्हरुका अनुसार दहीहरुको राजा अर्थात उत्कृष्ट दही हुनाले र मल्लकालमा राजाले पनि खाने हुनाले यसलाई जुजु धौ भनिएको हो । मल्लकालमा र त्यसपछि धेरै कालसम्म विविध मसलायुक्त खुवाजस्तै अत्यन्तै मिठो दही नै जुजु धौका रुपमा परिचित थियो । अहिले त्यो गुणस्तरको दही भक्तपुरमा अत्यन्त विरलै पाइन्छ ।गाई वा भैसींको शुद्घ दुधलाई दाउराको आगो बालेर अत्यन्त बाक्लो हुनेगरी तताउने र त्यसपछि माटोको कतारोमा राखेर विविध मसला मिसाई भुस ओछ्याएर  जमिनमा सेलाउने प्रक्रियाबाट जुजु धौ बनाइन्छ । दही बनाउने प्रक्रियामा अहिले पनि तात्विक अन्तर छैन । तर अहिले दाउरोको सट्टा स्टोभ वा ग्याँस चुलो प्रयोग गर्न थालिएको छ भन्ने दूध पनि त्यति बाक्लो हुनेगरी तताइँदैन ।

जुजु धौको विज्ञापन गरेर सामान्य दही बेच्नेहरुको संख्यामा कमी आएको छैन । भक्तपुरको नगर क्षेत्रमा मात्र करिव ६० वटा दही पसलहरुले परम्परागत दही व्यवसाय गरिरहेका छन् । अर्कोतिर भक्तपुरको जुजु धौको नाम दिएर भक्तपुर, बनेपा लगायत राजधानीका थुप्रै पसलहरुमा जुजु धौको नामले दही व्यवसाय गर्दै आएका छन् ।

अर्डर आएमा मसलायुक्त दही बनाउने नभए फ्रिजिङ गरी सादा दही बनाउँदै आएकी  सुकुलढोका स्थित भक्तपुरकै पुरानो मानिएको भक्तपुरे दही भण्डार चलाइरहेकी कृष्णश्वरी त्यात भन्छिन अर्डर आउँदा हामीले पाँचसय रुपैयाँ पर्ने दही पनि बनाएका छौंं । माटोको कतारोमा जमाइएको दहीको सामान्यतया ७० रुपैया पर्छ । तर सोही मात्राको उच्चस्तरीय दहीलाई एक सय २५ रुपैयाँ पर्ने दही व्यवसायी त्यात बताउँछिन । दूध अत्यन्तै बाक्लो हुनेगरी तताउनु पर्छ अहिले पनि त्यस्तो दही बनाउन सकिन्छ । राजधानीमा खुलेका अनेकौं डेरीबाट भक्तपुरका परम्परागत दही बनाउने व्यवसाय प्रभावित पार्ने काम भइरहेको छ । यस्ता डेरीहरुले मेसिनबाट सस्तो र सुलभ तरिकाले दही उत्पादन गरी त्यसैलाई भक्तपुरको जुजु धौ भनेर व्यापार गर्छन् ।

राजधानीको डेरीको दहीसंग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले पनि भक्तपुरको जुजु धौको गुणस्तरमा कमी आएको देखिन्छ ।

राजधानीमा खुलेका अनेकौं डेरीले पनि भक्तपुरको परम्परागत दही बनाउने व्यवसायलाई निकै प्रभावित पारेको देखिन्छ । यस्ता डेरीहरुले मेसिनबाट सस्तो र सुलभ तरिकाले दही उत्पादन गर्छन् र राजधानीका पसल पसलमा डेरीबाटै बनेको दहीलाई भक्तपुरको जुजु धौ  भनेर व्यापार गर्ने चलन व्यापक रुपमा बढेको छ ।

डेरीको दही मिसावटयुक्त र कमसल मुल्यमा पाएकै कारण डेरीकै दही बढी प्रचलित हुँदै आएको छ । भक्तपुर १५ खौमास्थित भक्तपुर जुजु धौ सेन्टरका लक्ष्मी प्रसाद कायस्थ भन्छन् – डेरीको दही सस्तो छ र बढी प्रचलित छ ।   हाम्रोचाहि बढी मिहिनेत पर्ने र राम्रो पनि हुनाले हामी त्यती सस्तोमा दिन सक्दैनौं । डेरीको दहीसंग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले पनि जुजु धौको गुणस्तरमा केही कमी आएको तर्क कायस्थको छ  । 

सी टी इ भी टी कर्मचारीलाई कार्यालय भित्र पस्न रोक

भक्तपुर, २२ साउन

एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले आज विहान देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सीटीईभीटीको मूलगेटमा धर्ना दिई कर्मचारीलाई कार्यालय भित्र पस्न रोक लगाएको छ ।

नसिंङ्ग लगायतका निजी शैक्षिक संस्थाहरुले गरेको शुल्क वृद्धिको खारेजी लगायतका ८ सुत्रिय माग राखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा अनेरास्ववियूले लगाएको ताला प्रहरीले फोडेको र विद्यार्थी माथि लाठीचार्ज गरी घाइते बनाएको विरोधमा काम रोक धर्ना दिएका हुन् ।

         विद्यार्थीले सीटीईभीटीको मुल गेटमा धर्ना दिएपछि कोही पनि कर्मचारीलाई भित्र पस्न दिएका छैन । जसबाट सिटीइभिटीको सम्पूर्ण काम प्रभावित भएका छन् ।

एस एल सी पुरक परिक्षा भोलिदेखि शुरु

भक्तपुर, २२ साउन

एसएलसी पुरक परीक्षा भोलि देखि शुरु हु“दैछ । एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण भएका विद्यार्थीहरु पुरक परीक्षामा  सहभागी हुन सक्ने छन् ।

एसएलसी पुरक परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भैसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा १ लाख २२ हजार ५ सय ५ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।

परीक्षा सञ्चालनका लागि २ सय २३ परीक्षा केन्द्र निधारण गरिएको छ ।

परीक्षालाई शान्तिपूर्ण रुपमा सम्पन गर्न प्रत्येक परीक्षा केन्द्रमा १० जना सुरक्षाकर्मी र २५ जना विद्यार्थी बरावर एक जना निरीक्षक परीचालित हुने परीक्षा नियन्त्रक गौतमले बताए ।

भोलिदेखि शुरु हुने एसएलसी पुरक परीक्षा साउन ३० गतेसम्म चल्ने छ ।

8/6/11

आफ्नो पेशाबात बिमुख हुँदैछन : प्रजापती

– लक्ष्मी गारु

भक्तपुर, १९ साउन । माटोका भाँडा बिक्री हुन छाडेपछि भक्तपुरका प्रजापति थर व्यक्तिहरू परम्परागत पेसाबाट विमुख बन्दै गएका छन् ।

प्लास्टिकबाट बनाइएका सस्ता भाँडाले बजार जमाएपछि माटोका भाँडा बिक्री हुन छाडेकोले उनीहरू त्यो पेसाबाट विमुख बन्दै गएका हुन् । माटोको भाँडा बनाएर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने प्रजापतिहरूले अहिले आफ्नो पेसाबाट क्रमशः विस्थापित हुन थालेका छन् ।

भक्तपुर च्याम्हासिंहका ८२ वर्र्षीय कृष्णकुमार प्रजापति भन्नुहुन्छ ‘हाम्रो हातमा सीप र कला दुबै छ तर के गर्ने हामीले बनाएका भाँडामा उपभोक्ताको रुची घट्दै गएकोले यो पेसाबाट विमुख हुने स्थिति आएको छ ।

आठ वर्षअघि आफ्नो पेसाबाट १२ जनाको परिवार पाल्दैआएका कृष्णकुमारले अहिले पाँच जनाको परिवारपाल्न समेत धौधौ भएको बताउनुभयो । माटोको भाँडा बिक्री हुन छाडेपछि अहिले प्रजापति समुदायका नयाँ पुस्ता यो काम गर्न पटकै रुचाउँदैनन् ।

परम्परागत माटोको भाँडा बनाउने प्रजापति भक्तपुरको तालाक्व (कुमालेटोल), सूर्यमढी, निकोसेरा, बोडे, चपाचो, बालकुमारी, लोकन्थली, नगदेशलगायतका विभिन्न ठाउँ गरी करिब ४० जारको हाराहारीमा रहेका छन् ।

पहिला–पहिला प्रजापतिको माटोको भाँडा बनाउने पेसाले स्वदेशी मात्र नभएर विदेशी पर्यटकको मन चोर्न सफल भक्तपुरका स्थानीय काशीराम प्रजापतिले अहिले आएर आफ्नो सीप र कला हुँदाहुँदैै पनि उतार्न नपाउँदा बेरोजगार जीवन बाँच्नबाध्य भएको दुखेसो पोख्नुभयो ।

प्रमुख आयआर्जनको रूपमारहेको प्रजापतिको परम्परागत माटोको भाँडा बनाउने पेसा मानिसको जन्मदेखि मृत्युसम्ममा आवश्यक पर्दछ । तर आजभोलि यस्तो नभई नहुँने काममा मात्र मानिसले माटोको भाँडा प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैकारण परम्परागत माटोका भाँडा लोप हुँदै गएका छन् ।

सानै उमेरदेखि माटोलाई खेलाउँदै नयाँ–नयाँ स्वरूप दिँदै आएका बोडेका किरण प्रजापतीले अब त यो पेसाले जीउन निकै गाहे भएको बताउनुहुन्छ ।

यो पेसा अपनाए आफ्नो मात्र नभएर भावी सन्ततीको भविष्य समेत बिग्रिनेस्थिति आइसकेको छ । त्यसैले यसको वैकल्पिक पेसाको खोजी गरिरहेको समेत किरणले बताउनुभयो ।

पहिले जस्तो राम्रो माटो पाउन छोडेकोले भाँडाको गुणस्तरमा ह्रास आएकाले माग घट्दै गएकाले बजार खस्किन्दै गएको हो । माटोका भाँडाको ठाउँ प्लास्टिकका भाँडाले लिइरहेका कारण कुमाले पेसामा आश्रित भइरहेका कुमालेको रोजीरोटी समेत गुम्ने अवस्था सिर्जना
भएको छ ।

ज्यानको बाजी लगाएर कालोमाटो निकाल्छौ, छमहिना अगाडिदेखि माटो थन्को लगाउँछौ र त्यही माटोबाट भाँडा बनाउँछौ तर भाँडा बिक्री हुँदैन । आफ्नो परम्परागत पेसा भनेर के गर्ने जीवन धान्न साह्रै मुस्किल हुँदै आएको निकोसेराका प्रजापती बताउँछन् । माटोको भाँडा बिक्री वितरणमा ह्रास आउनुको प्रमुख कारण उपभोक्ताले माटोको भाँडा प्रयोग गर्दाको लाभ र यसका गुण थाँहा नहुँनाले माटोको सट्टा प्लास्टिकका सामान रुचाउनु हो ।

जसले गर्दा माटोको भाँडा प्रयोग गर्दाका लाभ उपभोक्तालाई जानकारी दिनुपर्ने अति आवश्यक छ । केही समययता विदेशी पर्यटको आवागमनमा वृद्धि हुनथालेपछि भक्तपुरका प्रजापतिले बनाइएका माटोका स–साना मूर्ति, पशुपक्षी, जनावर, पुतलीलगायतका पर्यटकीय आकर्षणका सामान भन्ने बिक्री हुने गरेको व्यवसायी बताउँछन् ।

भाँडा बनाउने प्रजापतिको पूखाँैली पेसालाई जीवन्तता दिन प्रजापतिले समय सापेक्ष नयाँ–नयाँ वस्तु उत्पादन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

सरकारले प्रजापतिको यो पेसालाई जीवन्तता दिन तथा नयाँपुस्तालाई अभिप्रेरित गर्न विशेष प्याकेज कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।

7/29/11

घण्टाकर्न पर्व

    धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ऐतिहासिक पर्व  घण्टाकर्ण नेवार समुदायले हर्षोउलासका साथ मनाइन्दै छ । भ्यागुताको सहयोगमा मानिसले दानवरुपी घण्टाकर्णलाई मारिएको स्मरण गर्दै यो पर्व हर्षोउलासका साथ मनाइने प्रचलन रहेको छ  । स्थानिय भाषामा यसलाई गा“थामग चरे भनिन्छ ।

    प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइन्छ ।

 यस दिनमा नर्कट र छ्वालीले वनेको लिङ्गगोकार आकृतिलाई गाथामग अर्थात घण्टाकर्णको प्रतीक मानेर दोबाटो र चौबाटोमा राखी जगात मागिन्छ । यसरी वनाइएका घण्टाकर्ण गाथामगको दुवै कानमा घण्टा झुण्ड्याइएकको भयानक अनुहार लेखिएको मुखाकृतिको मुकुण्डो झुण्ड्याउने गरिन्छ ।

   यस दिन केटाकेटीहरुले आफ्ना खेल्ने पुतलीहरु घण्टाकर्णलाई छुवाउने र केही कपडाले बनाएका पुतलीहरु घण्टाकर्णमा झुण्ड्याउने प्रचलन रहेको छ ।

   भूत–प्रेत, पिशाचहरुले छुन नसक्ने र अनेक रोगव्यादिबाट बच्ने उद्देश्यले घण्टाकर्णलाई फलामका औठी छुवाई मानिसहरुले लगाउने गर्छन् ।

     घण्टाकर्ण बनाई राखेको दोवाटो, चौबाटोमा बालेको आगोको धुवा“ले छुवाउन पाए बालचरी रोगले केटाकेटीहरुलाई नछुने धार्मिक विश्वास रहेको स्थानीय बुढापाकाहरु बताउन्छन् ।

   टोलै पिच्छै गाथामग अजङ्गगको आकृति बनाई सा“झतिर रा“कोबाली जलाउन लाने परम्परा रहेको छ ।

    यसलाई आसुरे शाक्तिको अन्त्यको प्रतिकको रुपमा मानिन्छ ।

  लिच्छविकालमा घण्टाकर्ण नामको एक राक्षसले जनतालाई निकै दुःख दिन थाल्यो । घण्टाकर्ण चतुर्दशीका दिन घण्टाकर्ण नामको राक्षसले देशलाई विध्वसं पारी मानिसहरुलाई संहार गर्ने उद्देश्यले नेपालको विभिन्न नाकाहरुवाट घण्टाकर्ण नामको राक्षस प्रवेश ग¥र्यो । त्यतिकैमा  एउटा भ्यागुतोको सहयोग र संकेटले गर्दा त्यो राक्षस मानिसद्धारा मारियो र यसैको सम्झनामा त्यस दिन शहरको दोवाटो, चौवाटोमा नर्कटको राक्षसको प्रतिक बनाई यो पर्व मनाइने प्रचलन रहेको छ ।

घण्टाकर्ण चतुदर्शीकै दिन बोक्सी आदी कुविद्या सिक्नेहरुले पनि पीठ र मसानघाट गई आ आफ्नो विद्या साधना गर्ने प्रचलन रहेको छ ।

   यस्तो धार्मिक तथा सांस्कृतिक पक्षसंग जोडिएको घण्टाकर्ण पर्व अहिलेसम्म पनि जीवन संस्कृतिको रुपमा कायमै रहेको छ । अहिले सम्म कुनै किसिमको विचलन विकृति आएको पाइन्दैन ।

श्रावन महिनाको महत्व

श्रावण संक्रान्तिका दिनमा वर्षात (असार) को फोहरले दु ख नदेओस भनी घरमा सफा गरिन्छ र खुशीले भोज खाइन्छ ।

श्रावण शिवको मनपर्ने महिना भएकोले सोमबारको दिन नेपाल र भारतमा भक्तजनहरु ब्रत बस्छन् । शिवपुराण अनुसार ब्रतको प्रभावले पती पत्नीलाई सुख मिल्छ भन्ने विश्वास रहेको छ ।

धेरै समय पछिले यस महिनाको कृष्ण पक्ष चर्तुदशी तिथिमा कानमा घण्टा झुन्ड्याएको घण्टाकर्ण (गठेमंगल) नाम गरेको एक राक्षस थियो ।

जन कहावत अनुसार त्यस राक्षसलाई प्रत्येक घरबाट एकएक जना पालो गरी खुवाउन जानु पथ्र्यो । एक दिन भ्यागुटोले जुक्ति निकाली त्यस राक्षसलाई फकाई फूलाई हिलोमा लगी कतै जान नसक्ने बनाईदियो । अनि भ्यागुटोले सबैजनालाई बोलाई त्यस राक्षसलाई मार्न लगाइयो । फेरि अरु राक्षस आई दु ः ख नदेओस् भनी फलामको औठी १२ वर्ष माथिका सबै व्यक्तिलाई लगाइयो । साना नानीहरुलाई फलामको कल्ली लगाइयो ।

भ्यागुटाले वर्षात गराउनको निमित्त इन्द्र महाराजले सुन्ने गरी कराई पुकार गरिदिन्थ्यो । त्यसकारण दुईवटा गुण भ्यागुटोले गरेको हुँदा जनै पूर्णिमाको दिनमा ‘‘ब्या ः जानके अर्थात भ्यागुटोलाई खेतमा गई अनेक प्रकारको परिकार बनाई ख्वाइन्छ ।

अर्काे परापूर्वको कथामा एकादेशमा एक किसानले आफ्नो खेतमा हलो जोतेको बेलामा सर्पका (नागका) बच्चाहरु किचिएर मरेछन् अनि नाग नागिनीहरुले त्यो किसानलाई डसेर मारी दियो । त्यो देखेर किसानका साना बच्चाले मलाई नमार्नुस् भनी पुकार गर्दै पूजा गरेछन् । आफ्ना घरमा नागको चित्र पनि टाँस्न लगाए छन् । त्यसपछि नाग खुसी भएकाले त्यस बेलादेखि नाग पञ्चमीमा पूजा गर्ने चलन आयो रे ।

फेरी रक्षाबन्धन बारे अर्काे कथा ः– परापूर्व कालमा देवता र असुरसँग बाह्र वर्षसम्म लडाई चल्यो तर कुनै हार जित भएन । अनि देवताका गुरु बृहस्पतिले मन्त्र मुक्त ९ डोराको धागोको जनै बनाई देवताहरुलाई बाध्न लगाई दिए । त्यसपछिको युद्धमा असुरहरु हारेर भागे । त्यो दिन श्रावण शुक्ल पक्षको पूर्णिमाको दिनमा पर्न गएछ । त्यसैको खुशीयालीमा हालसम्म सरकारबाट यो दिन बिदा दिँदै आएको छ र ब्राह्मणहरुले जनै फेर्ने र रक्षा बन्धन पनि बाध्ने चलन रही आएको छ ।

नेवारी समुदायमा यस दिन ९ थरीको गेडागुडी पकाई झोल खानाले वर्षातको रोगबाट मुक्त हुन्छ भन्ने जन कहावत छ ।

अर्काे थरी मधेसी समुदायले बागमतीको जल ल्याई श्री पशुनाथ बाबालाई चढाउन्छन् ।

त्यस्तै गरेर सुनसरीको कोशीबाट जल ल्याएर धरानको पिण्डेस्वरीमा खाली खुट्टा हिडेर तथा पहेलो कपडा लगाएर चढाउनेको घुइँचो लाग्छ ।

नेपाल तथा भारतका अन्य शिव मन्दिरहरुमा पनि यस महिनामा जल चढाउनेको घुइँचो लाग्छ ।

यसरी जल चढाउन जाने मानिसहरु बाटामा बोलबम ... बोलबम भन्दै शिवको बारेमा भजन किर्टन गाउँदै रमाइलो गर्दछन् ।

5/15/11

पहिचान गुम्ने खतरामा भक्तपुरको रानी पोखरी

भक्तपुरमा पनि रानी पोखरी छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो ।

पोखरीको शहर भन्नेर चिनिने भक्तपुरकै प्राचिन ऐतिहासिक महत्व बोकेको पुतली बगैंचा सहितको रानी पोखरी सुरक्षाको घेरा भित्र रहेर पनि सुरक्षित हुन नसकेका कारण पहिचान गुम्ने खतरा बढेको छ ।

२०४० सालमा तत्कालिन शाही सरकारले सैन्य तालिम केन्द्र भक्तपुरको नाममा पोखरी आसपासका सर्वसाधारणको जग्गा लिएपछि प्रवेश गर्न रोक लगाएर पोखरीलाई आवश्यक संरक्षण गर्न नदिएकोले ओझलमा पर्न गएको हो ।    

परापुर्वकालदेखि सर्वसाधारणको आस्थाको केन्द्रविन्दु एवं महत्वपुर्ण प्राचिन ऐतिहासिक तथा धार्मिक स्मारक क्षेत्रका रुपमा प्रसिद्ध रानी पोखरी मल्लकालिन समयमा बाहिरबाट आएका पाहुनाहरुका लागि नगर प्रवेश गराउन भेटवार्ता गर्ने प्रमुख स्थान रुपमा लिइन्थ्यो ।

बाहिरबाट आएका पाहुना सिधै नगरमा प्रवेश गर्ने अधिकार नभएकाले पोखरीको पुर्वपति रहेको ह्वाङह्वा पाटीमा एकदिन बास बसेपछि मात्र नगर प्रवेश गराउने र नगराउने भन्ने निर्णय सुनाउने ठाउँ रहेको स्थानिय वयवृद्ध आशलाल मान्नधरले बताउनुभयो । उहाँले भन्नुभयो पोखरीमा सर्वसाधारणको लागि खुल्ला भएको बेलामा बालबालिका खेल्ने, खेतमा गएर आएकाहरु मानिसहरु हातखुट्टा धुने र पोखरी वरिपरि भएका देवीदेवताहरुको दर्शन गरी बगैंचामा आराम गरेर मात्र घर फकिन्थ्यो तर अहिले त्यहाँ छिर्न दिगु पुजा आउनुपर्छ ।

सैनिकिकरण भएपछि वर्षको एक दिनमात्र सर्वसाधारणको लागि खुल्ला गर्ने सो पोखरी वरिपरि सयौं भन्दा बढी जोन्छे, धौभडेल, अवाल, प्रजापति र मान्नधरहरुको रहेका दिगु द्यों ( कुलदेवता) छन् ।

राजा जगज्योती मल्लले विक्रम संवत् १६८७ सालम आफ्नी रानी राजलक्ष्मीको सम्झनामा निमार्ण गरिएकोे रानी पोखरी झण्डै ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । पोखरीको विचमा सुनको नागको टाउको छ भने चारैतिर विभिन्न कलात्मक मुर्तिहरुले घेरिएको छ इतिहासमा उल्लेख गरिएको छ ।

पुरै किनार तीन तहमा विभाजित छ उक्त पोखरीमा गहिराई तिरको पहिलो तहसम्म पानी भरिने, दोस्रो तहको चारैतिर विभिन्न कलात्मक मुर्तिहरु दिगु द्योहरु रहेका छन् । तेस्रो तहमा पोखरी घुम्न मिल्नेगरी बाटो वनाई छेउछेउमा रुखहरु र चारदिशामा चारवटा पाटी रहेका छन् भने अहिले सबै पाटीहरु भत्किसकेका छन् ।

रानी पोखरी लगायत त्याहाँको पाटीहरु जिणौद्धारको लागि भक्तपुर नगरपालिकाले पटक पटक पत्राचार गरेतापनि सैनिकहरुले त्यसलाई वेवास्ता गरेको नगरपालिकाले जनाएको छ । जिणोद्धारको विषयलाई लिएर सैनिकहरुले धेरै पटक विवाद उत्पन्न गरेर जिणौद्धार कार्यमा प्रभावित बनाएकै कारण अहिले पोखरीको जिणौद्धार गर्ने कार्यमा नगरपालिकाले ध्यान नदिएको नगरपालिकाले स्विकारेको छ ।

पोखरी निमार्ण गरेपछि विक्रम संवत् १७३५मा जितामित्रको मल्लले पहिलो पटक पोखरीको जिर्णोद्धार गरेर मल्लकालिन सभ्यतालाई अझ झल्काउन हेतुले वास्तुशैली, देवीदेवता, नागनागिणी स्वरुपमा कु“दिएर निर्माण गरिएका ढुङगाहरु पंक्तिबद्ध रुपमा पोखरीको तहमा राखिएकाले अनुपम नमूनाको पोखरी समेत भनिने संस्कृतिविद् बताउँछन् ।

भक्तपुरका पोखरीहरु मध्य अनुपम नमूनाका पोखरीका रुपमा परिचित भएकै कारणले होला काठमाण्डौका राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गरेर जित्न नसकेपछि पोखरीमा रहेको सुनको नाग लगायत पोखरी वरिपरिका अनुपम कलाकृतिहरु समेत उठाएर लगेर काठमाण्डौको हनुमान ढोकामा दरबारमा सजाएको इतिहासमा उल्लेख गरिएको छ ।

ऐतिहासिक महत्वको यस पोखरीमा बासुकी नागको टाउको छ भने जिउ सिद्ध पोखरीमा र पुच्छर नपुखुमा रहेको हुनाले तीन पोखरीलाई एउटै नागको स्वरुपमा लिईन्छ भने स्थानिय बासिन्दाले तीन वटा पोखरीलाई तीन जना दिदीबहिनीहरु भनिने इतिहास तथा संस्कृतिविद् डा.पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो ।

मल्लकालिन सभ्यतालाई भल्काउने पोखरीको चारैतिर नेपाली सेनाका क्वाटरहरुले घेरिएको छ । सर्वसाधारणका लागि खुल्ला गरिदिए स्वदेशी तथा विदेशी पर्यटकहरुको आक्रर्षणको थलो वन्ने रानी पोखरीको दयनिय अवस्थाले भक्तपुरको गरिमालाई नै आघात पुगेको छ ।

ऐतिहासिक तथा सांस्कृतिक महत्वसंग  गाँसिएको यस पोखरीको जिणौद्धार कार्यको लागि भने अहिले कसैकतैवाट पनि पहल गरिएको छैन ।

5/14/11

गरीब तथा असाहायका लागी नि: शुल्क शिक्षा

शिक्षाबाट बन्चित भई आफू अन्धो सरह भएकाले गरिव र असहायका नाममा कोही पनि बालबालिकाहरु शिक्षाको ज्योतिबाट विमुख हुन नपरोस भनेर एक समाजसेवी एवं उद्यमीले आफ्नो इलमबाट कमाएको रकमले पा“च दजर्न गरिव तथा असहाय बालबालिकालाई निशुल्क शिक्षा दिक्षा दिदै आएका छन् ।

भक्तपुरका समाजसेवी एवं उद्यमी रामप्रसाद प्रजापतिले असहाय, गरिव पिच्छडिएका ५६ जना बालबालिकाहरुलाई भक्तपुरका पा“चवटा राम्रा निजी विद्यालयहरुमा निशुल्क पठनपाठनमा सहयोग गर्दे आइरहेका छन् ।  उसले पठनपाठन मात्र नभई त्यस्ता बालबालिकाहरुलाई वर्षेभरी पुग्नेगरी विद्यालयको पोशाक, छालाको जुता, झोला, पाठ्यपुस्तक, कपी, कलम लगायतका शैक्षिक सामाग्रहरु समेत सहयोग गर्दे आईरहेका छन्

भक्तपुरका टेक्सटाइल उद्यमी प्रजापति आफू शिक्षाबाट बन्चित भई अन्धो सरहको जीवन जीउनु परेको स्मरण गर्दे त्यसबाट मनमा सम्झी आर्थिक अभावबाट कोही पनि बालबालिका शिक्षाबाट बन्चित नहुन् भने उदेश्यले बालबालिकाको शिक्षा दिक्षामा सहयोग गर्दे आइृरहेको बताए । पा“च दजर्न बालबालिकालाई शिक्षा दिक्षा दिन वर्षेनी दशलाख रुपैयाँ लाग्ने गरेको पनि उनले बताए ।

4/17/11

बिस्केत जात्रा सम्पन्न

ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्केत जात्रा आज सम्पन भएको छ ।

नववर्षको आगमनसंगै शुरु हुने भक्तपुरको प्रसिद्घ बिस्केट जात्रा ८ रात ९ दिनसम्म   धुमधामका साथ मनाइ आज सम्पन्न गरेको हो । नेपालको संस्कृतिलाई चिनाउने महत्वपूर्ण जात्राहरु मध्ये एक मानिने बिस्केट जात्राको पहिलो दिन चैत २८ गते भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा शुरु भएको थियो ।

    काठैकाठको प्यागोडा शैलीमा निर्माण गरिएको ३ तल्ले भैरबनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई बिराजमान गराई पा“चतल्ले मन्दिर प्राङ्गणवाट माथिल्लो र  तल्लो क्षेत्रमा तानेर लैजाने परम्परा रहेको छ । साथै भैरबनाथको रथमा खड्ग÷तरवार÷निशान राखिसकेपछि रथ तान्ने क्रमःशुरु हुन्छ ।

     लिच्छविकालदेखि मनाउ“दै आएको यो जात्रा बिक्रम संवत अनुसार सौरमासको आधारमा बिःसीत अर्थात (नागनागिन म¥यो) भन्ने भावका आधारमा चल्दै आएको संस्कृतिविद्हरु बताउँछन् ।                                                                      

      रथको अगाडि भागमा ६ वटा र पछाडि ४ वटा लामो डोरी समातेर दुबै तर्फका जात्रालुहरुले रथलाई ‘होस्से.र .हैसे गदै आफ्नो तर्फ तानेर जात्रा मनाइएको थियो । रथ तान्ने जात्रामा हजारौं स्थानिय बासिन्दाहरुले रथको अगाडि पछाडि डोरी तानातान गरेर आ आफनो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहा“ लैजान सकिन्छ त्यस टोलको विजयी भएको मानिन्छ ।

रथ तानातान गर्नु नै यस जात्राको मुख्य आर्कषक हो , बिस्केट जात्राको पहिलो दिनलाई द्यो क्वहा“ विजाइगु अर्थात (देवता तल्ल आगमन हुने) भनिन्छ ।

दोस्रो दिन भद्रकाली रथलाई गःहिटी स्थित ख“लाटोलमा अजिमा द्योछें (भद्रकाली देवघर) मा पु–याइन्छ । तेस्रो दिन गःहिटीमा भैरबनाथलाई बलि चढाई गुठी संस्थानद्घारा सरकारी पुजा समेत गरिन्छ ।

 बिस्केटको चौथों दिन पुरानो बर्षको अन्तिम दिन चैेतको ३० गते विहान तालाक्व स्थित कुमाले टोलमा हात नभएको लिङ्गो उभ्याइन्छ भन्ने सा“झपखः तान्त्रिकविधिपूर्वक दशकर्म विधान गरी हात भएको लिङ्गो उभ्याइन्छ । पुरानो वर्षको विदाई र नया“ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गर्दछ । भैरबनाथको प्रतिक मानिने लिङ्गोको शीर्ष भाग र हातहरुमा नीलो कपडाले बेरिएको हुन्छ ।

लिङ्गो कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा, विश्वध्वजा आकाशभैरवका ध्वजाहरु समेत भनिन्छ । एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले वीचमा फुकाएर हेर्न हुदैन भन्ने धार्मिक मान्यता रहेको छ ।

लिङगो उभ्याउन बा“ढिएका ८ वटा डोरीहरुलाई अष्ट मात्रिकाको प्रतिक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण यहा“ उपस्थित हुन्छ । र लिङ्गो उभ्याउने जात्रा सकिए पछि तलेजुमा दुमाजुको विशेष जात्रा र पुजा गर्ने परम्परा रहेको छ ।

विस्केट जात्रा हेर्नाले शत्रुहरु नाश हुन्छन भन्ने धार्मिक मान्यता रहेकोले त्यसैले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरबनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु–याइन्छ । र लिङ्गो उठ्नासाथ स्थानिय बाराही देवीको तिंप्वा जात्रा मनाइन्छ ।

बिस्केटको पा“चौ दिन नया“ वर्ष बैशाख १ गतेका दिन लिङ्गो ढालिएको थियो । त्यसको लगतै गहिटी टोलमा भैरबनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइने थियो । जसलाई स्थानिय भाषामा द्यो ल्वाकिगु भनिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरुले भैरबनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पुजा विधि विधानहरु समेत थप गरी आठ रात नौ दिन सम्म जात्रा मनाउने प्रचलन थालिएको हो ।

किंवदन्ती अनुसार प्राचिन समयमा पहिला यो देश भक्तग्राम जंगलको रुपमा रहेको थियो । यहा“का लिच्छविकालिन राजको एकमात्र अत्यन्तै सुन्दरी छोरी थिइन् । राजाले आफ्नी छोरीको विवाह गर्न धेरै प्रयास गरेपनि सफल नभएपछि , राजाले आफ्नी छोरीकोे विवाह गर्ने पुरुषलाई राजगद्दी नै सुम्पने प्रस्ताव राखेको थियो ।

राजगद्दीको लोभमा विवाह गर्ने धेरैजना पुरुषले राजकुमारीसित पहिलो रातमै ज्यान गुमाउनु परेको थियो भने राजाले आफ्नी छोरीको सयनकक्षबाट हरेक विहान लास उठाई मसानघाट पु–याउने मलामी गुठी स्थापना गर्नुपरेको थियो । एक दिन शिकारी युवक घुम्दै जा“दा हनुमन्ते खोला किनारामा एक तान्त्रिक वृद्घासित भेट भएछ । ती तान्त्रिक वृद्घाले ति युवकलाई त्यस रहस्यको सम्पूर्ण कुरा बताई राजकुमारीसित विवाह प्रस्ताव राख्न निर्देश दिइन् ।  भोलिपल्ट विहान लास उठाउन जा“दा पतिहुने युवक  जिउ“दो रहेको र राजकुमारी पति पाएर खुसी भइरहेकी पाउ“दा सबै आश्चर्यमा परेका थिए ।

अन्ततः ति युवकले रातभरि जाग्राम बसी राजकुमारीको दुई नाकको पोराबाट निस्कने भाले पोथी नाग–नागनीले डस्न खोज्दा तरवारले दुई टुक्रा पारेपछि मृत्युवाट बचेको रहस्य सुनाएछन् । यसरी राजकुमारले राजकुमारीको नाकवाट निस्किएको सर्पलाई काटेर मार्न सफल भएपछि राजकुमारीसंग बिहे गर्न सफल भएको दिनदेखि नै त्यही सर्पको अन्त्यष्टिको संझनामा भक्तपुरबासीले बिस्केट जात्रा मनाउन थालिएको किवंन्दन्ती रहेको छ ।

नेवार समुदायमा आफ्नो संस्कृती र परम्परालाई जीवन्त राख्न यस जात्रा र पर्वलाई बचाएर राखेका छन् । अहिलेसम्म बिस्केट जात्राप्रति उत्साहमा कमी नआउनु र मौलिकता समेत विखण्डीत नहुनुनै जात्राको ठूलो विशेषता मान्न सकिन्छ ।

बिस्केट जात्राको छैठो दिन नगरको मध्य भागमा महाकाली र महालक्ष्मीको खट् जुधाउने जात्रा , सातौं दिन ब्रम्हायणी र महेश्वरीको तिप्वाजात्राका साथ खट जुधाउने जात्रा हुन्छ ।जात्राको आठौं दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुण पुजा जात्रा हुन्छ । यसलाई स्थानिय भाषामा द्यो स्वंग“ विइगु भनिन्छ । सगुण पुजाको धार्मिक जागरणले देशको रक्षा र जनतामासुख शान्तिको छाउने भएकोले सगुनपुजा सञ्चालन गदै आएको स्थानिय बासिन्दाहरु वताउ“छन ।

बिस्केट जात्राको अन्तिम दिन बैशाख ५ गतेका दिन बिहान स्थानिय कुमाले टोलमा हात नभएको लिङ्गोलाई विधिवत रुपमा पुजा गरी ढालिन्छ । यसै दिन स्थानिय गहिटीबाट भैरबनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गरिन्छ । यस दिनलाई स्थानिय भाषामा द्यो (देवता) थाहा विज्याइगु अर्थात देवता माथि सवार हुने भनिन्छ ।

लिच्वीकालिनदेखि चल्दै आएको यस जात्रालाई भक्तपुरका नेवार समुदायले अत्यन्तै हर्षोउल्लासका साथ मनाइएको थियो ।

सगुन जात्रा

बिस्केट जात्राको आठौं दिन आज भक्तपुरका शक्तिपिठ तथा महत्वपूर्ण देवीदेउताहरुको सगुण पुजा विहानैदेखि धुमधामका साथ मनाइरहेका छन्.। सांस्कृतिक तथा धार्मिक महत्व बोकेको भक्तपुरका देवीदेउताहरुको सगुण पुजालाई बिस्केटको विशेष पर्वका रुपमा लिइन्छ ।

देवीदेउताहरुको सगुण पुजालाई स्थानिय नेपाल भाषामा द्यो स्वग“ विय्गु नामले प्रसिद्ध रहेको छ ।

भक्तपुर नगरमा अवस्थित शक्तिपिठ र महत्वपूर्ण देवीदेउताहरुको पुजा अचर्ना गरी प्रसाद चढाउन जाने भक्तजनहरुको विहानै देखि ठूलो घुइँचो लागेको छ । भक्तजनहरु आ आफ्नो गच्छे अनुसार प्रसाद चढाउन कोही समूह समूहमा आएका हुन्छन् भने कोही लाइनबद्ध रुपमा आएका हुन्छन् ।

बिस्केट जात्राको अवसरमा हुने सगुण पुजा एक सांस्कृतिक महत्वको पुजा मानिन्छ  । सगुण पुजाका दिन वेताल, भैरवनाथ, भद्रकाली, बाराही, गणेश सहित ४३ देवीदेउताहरुलाई पुजा चढाउने परम्परा रहेको स्थानिय वाlसन्दाहरु वताउFछन् ।

सगुण पुजामा सांस्कृतिक वाद्यवादन भजनकीर्तन, दाफा, भजन समूह, बाजागाजा सहित युवायुवती, केटाकेटी देखि बृद्ध उमेरसम्मका भक्तजनहरु सबैले उत्साहपूर्ण   रुपमा सहभागी भएका छन् ।

 भक्तपुरका मल्ल राजा विश्व मल्लले सञ्चालन गरेको सगुण पुजालाई आज पनि भक्तपुरवासीले जीवन्तता दिदै धुमधुमाका साथ मनाइदै आएका छन् ।

लिङ्गो उभ्याउने दिनमा भक्तपुरका सवैजसो देवदेवीहरुलाई आफ्नो  देवगृहवाट बाहिर निकाली जात्रा चलाई द्योछें घरको चोक, प्राङ्गण, पौवा, पाटी, सत्तल आदि स्थानमा विराजमान गराई आजको दिन देवदेवीहरुको सगुण पुजा गर्ने परम्परा रहेको छ ।

सगुण पुजाको धार्मिक जागरणले देशको रक्षा र जनतामासुख शान्तिको छाउने भएकोले सगुनपुजा सञ्चालन गदै आएको संस्कृतिविद्हरु वताउFछन, सगुण पुजा आज दिनभरी चल्ने छ ।

4/16/11

भैरबनाथ र भद्रकालीको रथ जुधाउने जात्रा

भक्तपुरको प्रसिद्घ बिस्केट जात्रा अन्र्तगत भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन भएको छ ।

धार्मिक तथा सांस्कृतिक रुपले समेत अत्यन्त महत्वपूर्ण मानिने रथ जुधाउने जात्रालाई भैरवनाथ र भद्रकाली देवदेवीको समागम जात्रा भनिन्छ । यसलाई स्थानिय भाषामा द्यो ल्वाकिगु भनिन्छ ।

लिङ्गो जात्रा सम्पन भएपछि भैरवनाथको रथ स्थानिय गःहिटीमा पु¥याए पछि वेताल देवतालाई झ्यालवाट कुखुरा दिई बलि चढाई सकेपछि रथ जुधाउने परम्परा रहेको स्थानिय श्याम सुवालले बताए ।

प्रत्येक वर्ष लिङ्गो जात्रा सम्पन्न भएपछि स्थानिय ख“ला टोलमा रथ जुधाउने  प्रचलन रहेको छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन भएपछि ती दुवै देवदेवीको पुजा गनुपर्ने भैरवनाथ मन्दिरका नाइके मुक्तिबहादुर सुवालले जानकारी दिनु भयो । 

नया बर्षसैगै बिस्केत जात्रा को आगमन

नव वर्षको आगमनसंगै शुरु हुने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज दिउसोबाट शुरु भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको बिस्केट जात्रा मन्दिर शैलीमा निर्मित तीन तल्ले भैरवनाथ र भद्रकालीको रथ तानेर शुरु भएको हो । रथमा धार्मिक विधिपूर्वक पुजाआजा गरी भैरवनाथको मूल देवता र बेताल देवतालाई बिराजमान गराए पछि जात्रा शुरुभएको मानिन्छ । जात्राको पहिलो दिन आज भैरबनाथको रथ तल्लो टोलको टौमढिवाट शहरका विभिन्न स्थान हुदै बंशगोपाल सम्म र माथिल्लो टोलको दत्तात्रयसम्म  लग्ने परम्परा छ । अगाडि भागमा ६ वटा र पछाडि ४ वटा लामो लठारो डोरीको सहाताले दुबै टोलका वासिन्दाले रथलाई तान्दै आफ्नो टोल तर्फ लैजाने प्रयाश गर्छन् । जुन टोलका बासिन्दाले रथ लैजान सक्छन् उसैको विजय भएको मानिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आर्कषक हो ।

आठ रात, नौ दिनसम्म मनाइने बिस्केट जात्रा बिःसीत  अर्थात् नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छवीकालदेखि नै मनाउन सुरु भएको मानिन्छ ।  विजय उत्सवका रुपमा पनि मनाइने विस्केट जात्रा हेर्नाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ ।

विस्केट जात्रा आपसी प्रेम सदभावका साथ शान्तिपूर्ण रुपमा मनाउन आज विहान भक्तपुरबासीले शान्ति सद्भाव याली निकालेको छ ।