– लक्ष्मी गारु
भक्तपुर, २९ साउन – वर्ष दिनभित्र मरेका मान्छेको दिवंङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व आज विहानैदेखि भक्तपुरमा शुरु भएको छ ।
वर्ष दिनभित्र मरेका मान्छेको दिवंङगत आत्माले मोक्ष प्राप्त गरुन भन्ने आकांक्षाले प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिनदेखि आठदिनसम्म गाइजात्रा पर्व नेवार समुदायले विशेष पर्वका रुपमा मनाइन्छ ।
गाईजात्रालाई नेपाल भाषामा सापारु पनि भनिन्छ । विधिवत गाईलाई नगर परिक्रममा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास अनुसार यो पर्व मनाइन्दै आइरहेको छ ।
गाईजात्रा पर्व देशव्यापी मनाइने भएपनि भक्तपुरमा भन्ने भिन्नै तवरमा सांस्कृतिक उत्सवका रुपमा मनाइन्छ । गाईजात्राका दिन विहान सवेरै भक्तपुर तलेजु स्थानवाट भक्तपुरवासीले कुखुरा नवास्दै पहिलो तलेजुको ताहामचा बनाई नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । त्यसपछि सर्वसाधारण मान्छेको मृत्यु भएकाहरुको मृतात्माहरुको प्रतिक ताहामचा वनाइ नगर परिक्रमा गर्ने गरिन्छ ।
गाईजात्राका दिन वर्ष दिनभित्र मरेका मध्ये मृत्यु संस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाहरुको सांचा वनाई नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामाचा वनाई देश परिक्रमा गर्ने प्रचलन रहेको इतिहास तथा सँस्कृतिविद्हरु बताउँछन् । तामचालाई मृतकको घरको मूल ढोका अगाडि पुरोहितले क्रियापुत्रद्धारा पुजा संकल्प गराई विधि वमोजिम पुजा गरी मृतकको आत्मा सजिलैसित स्वर्गलोकमा पुगोस् भन्ने कामना गरेर नगर परिक्रमा गराइन्छ ।
भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आर्कषण घिन्ताङघिसी नाच हो । ताहामचासंगै घिन्ताङघिसी नाच समेत प्रर्दशन गर्ने प्रचलन रहेको छ । कसैकसैले मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला रामायणहरु समेत प्रर्दशन गर्ने प्रचलन रहेको छ । कसै कसैले कालो माटोको साँढे वनाई सृंगार पटारका साथ खटमा राखि केटाकेटीहरुलाई आकर्षक तवरले सृंगारी वाजागाजाका साथ वासा लुइके गरेर प्रर्दशन गर्ने प्रचलन रहेको छ ।
गाईजात्रा पर्व धार्मिक तथा सांस्कृतिक महत्व वोकेको पर्व हो । भक्तपुरका तत्कालिन राजा जयस्थिति मल्लको छोराको मृत्यु भएकोमा रानीले मृतक छोराको सम्झनामा धेरै सुर्ता , चिन्ता, लिइन । राजाले आफ्नो रानीलाई धेरै सम्झाए पनि रानी संधै छोराको सम्झनामा चिन्तामात्र लिइरहने गर्छिन् ।
राजाले दुनियाँमा आफ्ना छोरामात्र मरेको होइन वर्षदिनमा यतिका छोराछोरी मृत्यु भइसकेका छन् भनि रानीको मन शान्त पार्न र देखाउन राजा जयस्थिति मल्लले भक्तपुर इलाकामा मृतकको सम्झनामा गाई ( ताहामचा )प्रर्दशन गर्नुपर्ने परम्परा बसालेको इतिहासमा उल्लेख रहेको छ ।
यतिले पनि रानीको मन शान्त हुन नसकेकोले विभिन्न प्रकारका प्रहसन, व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश भए अनुरुप सो प्रचलन हालसम्म पनि चलेको संस्कृतिविद्हरु वताउँछन् ।
गोपालराज वंशावलीमा पनि साँ याता जात्रा भन्ने उल्लेख गरिएको छ । यो गाईजात्रा पर्व कहिलेदेखि शुरु भयो भन्ने तथ्यगत प्रमाण नभएता पनि विक्रमको १४ औ शताव्दी भन्दा अगाडि लिच्छविकालको अन्त्यमा यो गाईजात्रा शुरु भएको मानिन्छ ।
मरेका मान्छेहरु बैतडी नदी तर्नका लागि गाईको पुच्छर समातेर जान सकिएमा स्वर्गमा पुगिन्छ भन्ने धार्मिक मान्यता रहेको यो जात्रा तलेजुको साँ ( ताहामचा ) ल्याएर गाईजात्रा शुरु गरिन्छ भने भैरव र भद्रकालीको साँ ल्याएपछि गाईजात्रा सम्पन्न गर्ने प्रचलन रहेको छ । गाईजात्राले मानिसको मृत्यु जस्तै देव देवीको पनि मृत्यु हुन्छ र जन्म हुन्छ भन्ने सामाजिक मान्यता रहेको यसले दर्शाएको छ ।
वर्षदिनभित्र दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाई वा ताहामचा वनाई आ – आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुहरुद्धारा फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । पहिला शान्तपूर्ण रुपमा जात्रा हुने गर्दछ तर आजभोलि जात्रामा उत्श्रृखल वढ्दै गई जात्रामानै विकृति आउन थालेकोमा गम्भिर चिन्ता व्यक्तगदै त्यस्ता विकृति हटाउन सबै लाग्नुपर्ने स्थानिय समाजका अगुवाई अनंन्त धौभडेल बताए ।
भक्तपुरकै अर्को शहर ठिमीमा भने राँको वालेर गाईजात्रा पर्व मनाइने परम्परा रहेको छ ।
गाईजात्राको भोलिपल्ट देखि कृष्णा अष्टमीसम्म विभिन्न देवीदेवताको जात्रा सँगै व्यङ्गग्यात्मक प्रहसन, ख्याल, नाटकहरु प्रर्दशन गर्ने गरिन्छ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंङ्गत आफ्न्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व आज भक्तपुरमा विशेष रुपमा मनाइन्छ ।

No comments:
Post a Comment