परापुर्वकालदेखि नै भक्तपुरको पहिचान बोकेको जुजु धौ को महिमा घट्न थालेकोमा भक्तपुरका दही व्यवसायीहरु चिन्तित बनेको छ ।
भक्तपुरको जुजु धौले देशको मात्र नभई विदेशमा समेत भक्तपुरको पहिचान राख्न सफल बनेको जुजु धौको नामबाट अहिले बजारमा अत्याधिक मात्रामा गुणस्तरहीन दही बनाई बेच्ने काम भइरहेकोले दही व्यवासायीहरु चिन्तित बनेको हो ।
विगतमा भक्तपुरको जुजु धौ कलेजो जस्तै चक्कुले टुक्राटुक्रा पारेर काट्न सकन्थ्यो । तर अहिले त्यस्तो दही कहाँ पाउने ? भक्तपुर याछें नीवासी ७० बर्षीय मंगल बहादुर त्यातको गुनासो छ । अहिलेको दही पसलबाट घरसम्म ल्याउँदा नै चर्किसकेको हुन्छ । विगतमा दहीको कतारोलाई अर्को दहीको कतारोमा घोप्टो पारी छोपेर राजधानीसम्म नोलमा बोकेर पु¥याइन्थ्यो, तर पनि दहीको कतारो केही हुँदैनथ्यो ।
आधुनिकताका नाममा जसरी हाम्रा गौरवमय परपम्परा ओझेलमा पर्दै गएका छन् त्यसैगरी जुजु धौको गुणस्तर पनि गुम्दै गएको स्थिति भक्तपुरको लागि चिन्ताको बिषय बनेको छ । विगतको गुणस्तर कायम नरहेपछि भक्तपुरको गौरवमय पहिचानमै प्रभावित हुन पुगेको हो ।
जुजु धौ भक्तपुरको पहिचान हो तर अहिले भक्तपुरमा जुजु धौको विज्ञापन पनि छ जुजु धौ चाहिं छैन सुर्यमढी स्थित विगत ४५ वर्षदेखि दही व्यवसाय गर्दै आएको रत्नसुन्दर सैंजुले भन्नुभयो । उहाँले भन्नुभयो जुजु धौको अर्थ राजा दही हो तर अहिले यो नाममा मात्र सिमित छ । खोई कहाँ पाइन्छ जुजु धौ ?
जो कोहीले पनि जुजु धौको नाममा सामान्य दही बेच्ने काम भइरहेकोले दही व्यवसायीहरु चिन्तित बन्नु पर्ने अवस्था आएको छ । आधुनिक शैलीमा डेरी तथा पाउडर दुधबाट बनेको दहीलाई फ्रिजिङ गरी जमाएको दहीलाई समेत जुजु धौ नाम दिए पछि यो व्यवसाय जतिलता तर्फ मोड्दै गएको हो ।
संस्कृतिविद्हरुका अनुसार दहीहरुको राजा अर्थात उत्कृष्ट दही हुनाले र मल्लकालमा राजाले पनि खाने हुनाले यसलाई जुजु धौ भनिएको हो । मल्लकालमा र त्यसपछि धेरै कालसम्म विविध मसलायुक्त खुवाजस्तै अत्यन्तै मिठो दही नै जुजु धौका रुपमा परिचित थियो । अहिले त्यो गुणस्तरको दही भक्तपुरमा अत्यन्त विरलै पाइन्छ ।गाई वा भैसींको शुद्घ दुधलाई दाउराको आगो बालेर अत्यन्त बाक्लो हुनेगरी तताउने र त्यसपछि माटोको कतारोमा राखेर विविध मसला मिसाई भुस ओछ्याएर जमिनमा सेलाउने प्रक्रियाबाट जुजु धौ बनाइन्छ । दही बनाउने प्रक्रियामा अहिले पनि तात्विक अन्तर छैन । तर अहिले दाउरोको सट्टा स्टोभ वा ग्याँस चुलो प्रयोग गर्न थालिएको छ भन्ने दूध पनि त्यति बाक्लो हुनेगरी तताइँदैन ।
जुजु धौको विज्ञापन गरेर सामान्य दही बेच्नेहरुको संख्यामा कमी आएको छैन । भक्तपुरको नगर क्षेत्रमा मात्र करिव ६० वटा दही पसलहरुले परम्परागत दही व्यवसाय गरिरहेका छन् । अर्कोतिर भक्तपुरको जुजु धौको नाम दिएर भक्तपुर, बनेपा लगायत राजधानीका थुप्रै पसलहरुमा जुजु धौको नामले दही व्यवसाय गर्दै आएका छन् ।
अर्डर आएमा मसलायुक्त दही बनाउने नभए फ्रिजिङ गरी सादा दही बनाउँदै आएकी सुकुलढोका स्थित भक्तपुरकै पुरानो मानिएको भक्तपुरे दही भण्डार चलाइरहेकी कृष्णश्वरी त्यात भन्छिन अर्डर आउँदा हामीले पाँचसय रुपैयाँ पर्ने दही पनि बनाएका छौंं । माटोको कतारोमा जमाइएको दहीको सामान्यतया ७० रुपैया पर्छ । तर सोही मात्राको उच्चस्तरीय दहीलाई एक सय २५ रुपैयाँ पर्ने दही व्यवसायी त्यात बताउँछिन । दूध अत्यन्तै बाक्लो हुनेगरी तताउनु पर्छ अहिले पनि त्यस्तो दही बनाउन सकिन्छ । राजधानीमा खुलेका अनेकौं डेरीबाट भक्तपुरका परम्परागत दही बनाउने व्यवसाय प्रभावित पार्ने काम भइरहेको छ । यस्ता डेरीहरुले मेसिनबाट सस्तो र सुलभ तरिकाले दही उत्पादन गरी त्यसैलाई भक्तपुरको जुजु धौ भनेर व्यापार गर्छन् ।
राजधानीको डेरीको दहीसंग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले पनि भक्तपुरको जुजु धौको गुणस्तरमा कमी आएको देखिन्छ ।
राजधानीमा खुलेका अनेकौं डेरीले पनि भक्तपुरको परम्परागत दही बनाउने व्यवसायलाई निकै प्रभावित पारेको देखिन्छ । यस्ता डेरीहरुले मेसिनबाट सस्तो र सुलभ तरिकाले दही उत्पादन गर्छन् र राजधानीका पसल पसलमा डेरीबाटै बनेको दहीलाई भक्तपुरको जुजु धौ भनेर व्यापार गर्ने चलन व्यापक रुपमा बढेको छ ।
डेरीको दही मिसावटयुक्त र कमसल मुल्यमा पाएकै कारण डेरीकै दही बढी प्रचलित हुँदै आएको छ । भक्तपुर १५ खौमास्थित भक्तपुर जुजु धौ सेन्टरका लक्ष्मी प्रसाद कायस्थ भन्छन् – डेरीको दही सस्तो छ र बढी प्रचलित छ । हाम्रोचाहि बढी मिहिनेत पर्ने र राम्रो पनि हुनाले हामी त्यती सस्तोमा दिन सक्दैनौं । डेरीको दहीसंग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले पनि जुजु धौको गुणस्तरमा केही कमी आएको तर्क कायस्थको छ ।

No comments:
Post a Comment