– लक्ष्मी गारु
उपत्यकामा पानीको हाहाकार भएको बेला नेवार समुदायले पानीका मुहानहरु सफा गरेर सिठी नखा पर्व मनाउने गर्छन् ।
सुख्खा मौसमका कारण पानीका प्रमुख श्रोतहरु सुक्दै गएका वेला नेवार समुदायले आजका दिन पानीका विभिन्न प्राकृतिक स्रोतहरु इनार, कुवा, पोखरी र ढुङगेधारा सरसफाइ गरेर सिठी नखा पर्व मनाउने गर्छन् ।
प्रत्येक वर्ष जेष्ठ महिनाको शुक्लपक्षको षष्टीका दिन पानीका स्रोतहरु सरसफाइ गर्दा स्वच्छ जीवन जीउन सकिने तथा नेवार समुदायको परम्परा बच्ने इतिहास तथा सस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठले बताएका छन् ।
सिठी नखाकै अवसरमा भक्तपुरका दर्जनौ भन्दा बढी कुवा, इनार, पोखरीहरु टोलबासी मिलेर सफा गर्छन् । सफा गरेका पानीका मुहानमा छिटो पानी भरियोस् भने हेतुले सरसफाई पछि नागको प्रतिक बनाएर राख्ने चलन छ । भोलिपल्ट विहान नागको पुजा सकेपछि मात्र पानी निकाल्ने प्रचलन पनि रहेको छ ।
No comments:
Post a Comment