जिबेश सितिखू
भक्तपुर, २५ साउन – एशियाली विकास बैंकको ऋण सहयोगमा युसेप नेपालले आजबाट ३ (तीन) महिना (३९० घण्टे) हलुका सवारी चालक तालिम सञ्चालन गरेको छ ।
व्यक्तिहरुका लागि रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आयोजित उक्त तालिम रोजगारीका लागि सीप परियोजनाका प्रबन्धक पुष्प रमण वाग्लेले सहभागी प्रशिक्षार्थीलाई सवारी सुरु गर्न लगाई कार्यक्रमको उद्घाटन गरेको छ ।
युसेप नेपालका अध्यक्ष रामकृष्ण निरौलाको सभापतित्व भएको उक्त कार्यक्रममा १६ वर्षदेखि ४० वर्ष उमेरका ५०० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
No comments:
Post a Comment