– लक्ष्मी गारु
भक्तपुर, ३० साउन – विश्व सम्पदा सुचीमा सुचिकृत भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिरमा हरेक वर्ष साउन महिनाको प्रत्येक सोमबारका दिन लाग्ने एक महिने मेला आज विशेष पुजा अर्चनाका साथ सम्पन्न भएको छ ।
धार्मिक तथा ऐतिहासिक रुपले अत्यन्त महत्वपुर्ण मानिएको दत्तात्रय भगवानलाई व्रम्हा, विष्णु र महेश्वर तीन देवताका अवतारका रुपमा पुजिने गर्दछ । पौराणिक कालमा दत्तात्रय मन्दिरमा साउन सोमबारका दिन चोखो भई ब्रत बसेर दत्तात्रय भगवानको पुजा अर्चना तथा दर्शन गर्नाले आफुले चिताएको मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
देवताहरुका पनि देवताका रुपमा पुजिने दत्तात्रय मन्दिरमा आफुले चिताएको मनोकाक्षां पुरा होस् भन्ने अभिलासाले साउनको प्रत्येक सोमबार भक्तजनहरुको विहानैदेखि बेलुकासम्म भिड लाग्ने गरेको मन्दिरका पुजारी बताए ।
भक्तजनहरुले आफ्नो मनोकाक्षां पुरा गरिदिने देवताका रुपमा दर्शन गर्न आउने दत्तात्रय भगवानको मन्दिरमा आउने अधिकासं भक्तजनहरु अविवाहित भए राम्रो वर पाउने र विवाहित भए श्रीमान् तथा परिवारको सुस्वास्थ्य, दिर्घायु र सुखमय होस् भन्ने मनोकाक्षां लिई पुजा अर्चना तथा दर्शन गर्ने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठले बताए ।
दत्तात्रय भगवानको दर्शन गर्न धुलिखेलबाट आएकी रामकुमारी खटिवडा र पाटनबाट आएकी अम्बिका श्रेष्ठले परिवार जनको सुस्वास्थ्य, दिर्घायु र सुखमय होस् भन्ने मनोकाक्षां लिएर पुजा अर्चना तथा दर्शनका लागि आएको बताउनुभयो । यसरी आ–आफ्नो मनोकाक्षां पुराहोस् भन्ने हेतुले दत्तात्रय भगवानको मन्दिरमा काठमाण्डौं, ललिटपुर, साँखु, थिमी, भक्तपुरको विभिन्न ग्रामिण क्षेत्रहरु, बनेपा, धुलिखेल, नाला, पनौटी लगायतका ठाउँहरुबाट दर्शनका लागि भक्तजनहरु आउने गरेको पाइन्छ ।
No comments:
Post a Comment