– लक्ष्मी गारु
विभिन्न कलात्मक मठ मन्दिर तथा पुरातात्विक महत्वका वस्तुहरुले भरिएको ऐतिहासिक नगरी भक्तपुरलाई चिनाउने भादगाउँले टोपी विस्तारै लोपोन्मुख अवस्थामा पुगेको छ ।
भक्तपुरको पुरानो नाम भादगाउँको प्रतिनिधित्व गर्ने यो कालो भादगाउँले टोपीले भक्तपुरको मात्र नभएर संसारभरि नेपालकै नामलाई सगरमाथा झै उच्च राखेको छ ।
प्रशासनिक क्षेत्रमा बढी प्रयोग गर्ने भादगाउँले टोपीको चलन चल्टीबारे कुनै लिखित इतिहास नभए पनि मल्लकालीन राजा जयस्थिति मल्लले जात विभाजन गर्दा भक्तपुरकै एउटा छुट्टै जातलाई टोपी बनाउने पेशा दिएको भक्तपुर सूर्यमढीका चन्द्रभक्त कस्तीले बताउनुभयो ।
भादगाउँले टोपी बनाउने भक्तपुरमा एउटै मात्र जात छ त्यसलाई भक्तपुरमा चुल्या त्यो भनिन्छ । तर बढ्दो बेरोजगारी समस्याका कारण चुल्या त्यो जात बाहेक अन्य जातका मानिसहरुले पनि यो पेशा अँगालेको पाइन्छ ।
जात विभाजन गरेर काम अनुसारको पेशा दिँदा यस्तो महत्वपूर्ण टोपी बनाउने जिम्मा पनि सम्भवत चुल्या त्योहरुलाई दिएको हुन्छ । विशेषगरी भादगाउँले टोपी बनाउने बस्ती भनेर भक्तपुर नगरमा सूर्यमढी , तौलाछें , भोलाछें र गछें आदीलाई लिन सक्ने उहाँले बताए ।
त्यसैगरी भक्तपुरका सँस्कृतिविद् ओमप्रकाश धौभडेलका अनुसार संयुक्त राष्ट्रसंघमा दर्ता गराउँदा आफूलाई नेपाली भनेर चिनाउन नेपालले रञ्जना लिपी तथा नेपालको नेपाली भाषा प्रस्तुत गरेर नेपाली पोशाकका रुपमा दौरा सुरुवाल शिरमा भादगाउँले टोपीको समेत प्रस्तुत गरेको भन्ने सुनिन्छ ।
त्यसको आधारमा त्रिभुवनले आफनो पालामा ५० पैसाको मुद्रामा सर्वप्रथम भादगाउँले टोपी लगाएर मुद्रा निकालेका थिए जुन अहिले दुर्लभ भइसकेको छ । त्यसबेलाको मुद्रामा प्राय भादगाउँले टोपीहरु हेर्न सकिने उहाँले बताउनुभयो ।
भादगाउँले टोपी भक्तपुरको चिनारी हो ,जसले गर्दा कुनै पनि नेपाली नागरिक संसारको कुनै कुना काप्चामा पुगे पनि नेपाली भनेर चिनिने एउटै मात्र राष्ट्रिय पोसाक दौरा सुरुवाल हो र त्यो दौरा सुरुवालको सबभन्दा माथिल्लो शिरमा बस्ने भादगाउँले टोपी हो ।
त्यो टोपीलाई नेपालीले एउटा ठूला चिनारीको रुपमा लिनुपर्ने तथा व्यक्तिको अनुहार हेर्नासाथ उसले भाषा बोल्नु भन्दा अगाडि नै शिरमा पहिरिएको टोपीले नेपालीत्व झल्काउँछ ।
भादगाउँले टोपीको यस्तो महत्व हुँदाहुदै पनि यस पेशा अँगाल्दै आएका कालीगढहरुका अनुसार अहिलेको समयमा यस पेशाबाट जीवन निर्वाह गर्न निकै कठिनाइहरु भोग्नु परेको बताउँछन् । चोछेंका कालीगढ कृष्णमोहन राजभण्डारीका अनुसार यो पेशाबाट घरपरिवार चलाउन धौ धौ परेको दुःख व्यक्त गर्नुभयो ।
धेरै काम , कम ज्याला , महंगो कच्चा पदार्थ र उचित बजार व्यवस्थापनको कमीले भादगाउँले टोपी बनाउने व्यवसाय अन्योलमा परेका कारण आफ्ना सन्तानहरु यस पुख्र्यौली पेशाप्रति विमुख भएको र आफू बाध्य भएर यस पेशा अँगाल्दै आएको गुणासो राख्दै राजा महेन्द्रको पालासम्म कुनै पनि नेपाली नागरिक सिहंदरबार भित्र छिर्न भादगाउँले टोपी अनिवार्य रुपमा लगाउनु पर्ने नियम थियो । तर त्यो नियम केही समयका लागि मात्र सिमित रहेको पनि बताउनुभयो ।
हिजोका राजा महाराजादेखि अहिलेका राष्ट्रपतिसम्मका उच्च ओहदाका व्यक्तिहरुको शिरमा सजिने यो भादगाउँले टोपी लोपोन्मुख अवस्थामा पु¥याउन स्वयम भक्तपुरबासी दोसी रहको अर्को कालीगढ कृष्णचरण कस्तीले बताए ।
उनका अनुसार भक्तपुरबासीले भादगाउँले टोपी भन्दा धाकाटोपी बढी प्रयोग गर्छ नजिकको तीर्थलाई हेला भन्ने उखानलाई सावित गरेकै कारण यो व्यवसायमा कठिनाई उत्पन्न भएको हो । जसले गर्दा आफ्नो पुख्र्याैली पेशालाई भावी पुस्ताले निरन्तरता दिने हो की होइन भन्ने कुरामा उनले शंका व्यक्त गरे ।
बाक्लो कालो कपडाले निकै मिहिनेतका साथ बनाउने यो भादगाउँले टोपीले मानिसको मस्तिष्कलाई समेत रक्षा गर्ने गुण रहेको कालीगढहरु बताउँछन् । तर आधुनिकताको नाममा आफ्नो राष्ट्रियता झल्काउने टोपीलाई त्यागेर अन्य विभिन्न विदेशी टोपी र क्यापहरु लगाउने मानिसहरुको प्रवृतिले देश भित्रकै एउटा समुदायको रोजी रोटी गुम्ने अवस्थामा पुगेको छ ।
देशमा विखण्डनको स्थिति देखिएको अवस्थामा म नेवार हुँ , तामाङ हुँ , म राई हुँ भन्ने एक प्रकारको विखण्डनको आवाज उठिरहेको बेलामा प्रत्येक नेपाली नागरिकले म नेपाली हो भन्ने धारणा जगाउन भादगाउँले टोपीले ठुलो सहयोग गर्नुका साथै राष्ट्रियताको भावना जोगाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
भाषा र पोसाकहरुले भन्दा पनि यदि सबैको शिरमा टोपी भइदिएको भए हामी नेपाली हो भनेर संसारको कुना काप्चामा चिन्न सक्छौं तर यो कुराको शुरुवाट सबभन्दा पहिले नेपाल भन्दा पनि नेपाल बाहिरका नागरिकहरुले देखाएको सँस्कृतिविद् धौभडेलको गुनासो छ ।
अहिले दार्जलिङमा एक प्रकारको आन्दोलन चलिरहेको छ त्यहाँ गोरखाल्याण्डको आन्दोलनको प्रमुख उद्देश्य भनेको दौरा सुरुवाल लाउने शिरमा टोपी लगाउने विषयमा भएको हो । अहिले त्यस क्षेत्रमा नेपाली भाषाको प्रयोग भएको पनि उहाँले बताउनुभयो ।
पुख्यौली रुपमै भादगाउँले टोपीको पेशालाई अँगाल्दै आएका भक्तपुरका रामसुन्दरहरु जस्ता कालीगढहरुले आफ्नो भावी पुस्तालाई यस पेशामा निरन्तरता दिने कार्यलाई कायमै राख्ने हो भने यो पेशाको निरन्तरताको लागि सम्बधित निकायको ध्यान केन्द्रित गरी नेपालीको पहिचानसँग जोडिएको यो पेशाको संरक्षण र प्रर्बदनबारे साच्ने बेला भैसकेको छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको झझल्को दिने यो टोपी मात्रले पनि नेपालीलाई संसारभरि चिनाएको छ । आफ्नै देशका कर्मठ हातहरुबाट बनेको यो भादगाउँले टोपीको प्रयोग अनि संरक्षणमा हामीले नै ध्यान दिनुपर्दछ ।

No comments:
Post a Comment