– लक्ष्मी गारु
विश्वको वृत्तचित्रमा अत्यन्त दुर्लभ मानिने विश्वप्रसिद्ध म्हय्खा झ्यो (मयूर झ्याल ) मा सम्बधित निकायको ध्यान आर्कषण नभएका कारण विगत ७५ वर्ष अघिदेखि मयूरको आकृतिको शिरभाग छैन ।
विश्वको वृत्तचित्रमा अत्यन्त दुर्लभ मानिने विश्वप्रसिद्ध म्हय्खा झ्यो (मयूर झ्याल ) मा सम्बधित निकायको ध्यान आर्कषण नभएका कारण विगत ७५ वर्ष अघिदेखि मयूरको आकृतिको शिरभाग छैन ।
भक्तपुर नगरपालिका वडा नं ३ तचपाल स्थित दत्तात्रय मन्दिरसँगै दक्षिणपूर्वी भागको पूजारी मठमा रहेको पुरातात्विक काष्ठकलाबाट निर्मित मयूर झ्यालको टाउको ९० सालको भुकम्पमा भाँचिएको अहिलेसम्म पनि मर्मत हुन सकेको छैन ।
मठको पूर्वी मोहदाको दोश्रो तल्लामा आँखी झ्याल गरी राखिएको मयूर अंकित ४ वटा झ्यालहरु मध्ये २ वटा ठूला र २ वटा सानो मयूर झ्याल रहेको छ । जसमध्ये ठूला मयूरको झ्यालमा रहेको आर्कषक देखिने मयूरको शिरको भाग भाँचिएको छ ।
मठका नाइके विकुनारायण ज्याख्वका अनुसार ९० सालको भुकम्प अघि मयूर झ्यालमा मयूरको पूर्ण आकृति थियो र भुकम्प आएपछि मयूर झ्याल अगाडीको घर भट्किएर उक्त झ्यालको मयूरको शिर भाँचिएको हो ।
२०३० सालमा जर्मनका केही नागरिकहरुको नेतृत्वमा त्यस मठको जिर्णोद्धार गरिएको थियो । मठ जिर्णोद्धारको क्रममा मयूर झ्यालको मर्मतको लागि सम्वधित निकायलाई पटक पटक जानकारी गराए पनि विभिन्न कारणहरु देखाई यस विषयमा चासो नदेखाएको जानकारी दिनुभयो ।
स्थानिय बासिन्दा आशलाल दुवालका अनुसार भुकम्प आउनुपुर्व झ्यालमा अंकित मयूरको घाँटीमा चिरा परेको थियो र भुकम्प पछि शिर नै भाँचियो र बाँकी रहेको अर्को ठूलो मयूर झ्यालमा पनि शिरमा कल्की छैन जसले गर्दा झ्यालको आर्कषणमा निकै कमी आएको दु:ख व्यक्त गर्नुभयो ।
भुकम्पपछि पुजारी मठ पटक पटक जिर्णोद्धार भइसके पनि मर्मतको बेला झ्यालमा मयुरको टाउको जोड्ने काम भने कोहीबाट पनि भएन । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित सम्पदा शाखाका कर्मचारीका अनुसार भक्तपुर विकास परियोजना जस्ता महत्वाकांक्षी पुर्ननिर्माणको क्रममा पनि टाउको मर्मत नहुनुमा कुनै साँस्कृतिक वा ऐतिहासिक कारण हुन सक्ने आशङका व्यक्त गर्नुभयो ।
पुजारी मठमा मयूरको आकृति भएको झ्याल हुनुमा ऐतिहासिक कारण भएको संस्कृतिविद् ओमप्रसाद धौभडेलको कथन छ । उनका अनुसार पुजारी मठमा दत्तात्रयको पूजाआजा लगायतका कार्यहरु सम्पन्न हुन्छन् ।
मयूर भन्ने स्थानको एक फकिर व्यापारीले बनाएको मठ भएर यस पुजारी मठमा मयूरको आकृति रहेको हो । गुरुवृक्ष गिरी नामका उक्त व्यापारीले आफ्नो बासस्थानको सम्झनामा उक्त मठमा मयूरको आकृति राखेका हुन् ।
ऐतिहासिक प्रसंग र स्थानिय वृद्धहरुको भनाइ अनुसार मयूर झ्यालको पूर्ण आकृति रहेको तथ्य प्रमाणित छ । तर सम्पदा शाखाले जनाए अनुसारको मान्यता स्थापित हुने खतरा यस खालको ऐतिहासिक प्रसङगमा झन् बढी हुन्छ ।
भक्तपुर नगरपालिका अन्र्तगत सम्पदा शाखाका प्रमुख कृष्णगोपाल प्रजापति पनि आफूलाई मयूरको टाउको भाँचिएको याद नभएको स्वीर्काछन् । भक्तपुरका विभिन्न मठ मन्दिर लगायत अन्य ठूला स्मारक जिर्णद्धार गरेको संकेत गर्दै उनले बताए ।
संरक्षणको प्रतिबद्धता जनाए अनुसार सरोकारवालाहरुले तत्कालै संरक्षण गर्ने आवश्यक कदम चाल्नुपर्ने जनगुणासो रहेको छ । समयमै यस कलात्मक झ्यालको संरक्षणमा ध्यान केन्द्रित नगर्ने भए भविष्यमा कुनै समयमा भक्तपुर शिर विहिन मयूर झ्यालको नामबाट प्रसिद्ध नहोला भन्न सकिन्न ।
No comments:
Post a Comment