4/16/11

नया बर्षसैगै बिस्केत जात्रा को आगमन

नव वर्षको आगमनसंगै शुरु हुने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज दिउसोबाट शुरु भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको बिस्केट जात्रा मन्दिर शैलीमा निर्मित तीन तल्ले भैरवनाथ र भद्रकालीको रथ तानेर शुरु भएको हो । रथमा धार्मिक विधिपूर्वक पुजाआजा गरी भैरवनाथको मूल देवता र बेताल देवतालाई बिराजमान गराए पछि जात्रा शुरुभएको मानिन्छ । जात्राको पहिलो दिन आज भैरबनाथको रथ तल्लो टोलको टौमढिवाट शहरका विभिन्न स्थान हुदै बंशगोपाल सम्म र माथिल्लो टोलको दत्तात्रयसम्म  लग्ने परम्परा छ । अगाडि भागमा ६ वटा र पछाडि ४ वटा लामो लठारो डोरीको सहाताले दुबै टोलका वासिन्दाले रथलाई तान्दै आफ्नो टोल तर्फ लैजाने प्रयाश गर्छन् । जुन टोलका बासिन्दाले रथ लैजान सक्छन् उसैको विजय भएको मानिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आर्कषक हो ।

आठ रात, नौ दिनसम्म मनाइने बिस्केट जात्रा बिःसीत  अर्थात् नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छवीकालदेखि नै मनाउन सुरु भएको मानिन्छ ।  विजय उत्सवका रुपमा पनि मनाइने विस्केट जात्रा हेर्नाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ ।

विस्केट जात्रा आपसी प्रेम सदभावका साथ शान्तिपूर्ण रुपमा मनाउन आज विहान भक्तपुरबासीले शान्ति सद्भाव याली निकालेको छ ।

No comments:

Post a Comment