4/17/11

सगुन जात्रा

बिस्केट जात्राको आठौं दिन आज भक्तपुरका शक्तिपिठ तथा महत्वपूर्ण देवीदेउताहरुको सगुण पुजा विहानैदेखि धुमधामका साथ मनाइरहेका छन्.। सांस्कृतिक तथा धार्मिक महत्व बोकेको भक्तपुरका देवीदेउताहरुको सगुण पुजालाई बिस्केटको विशेष पर्वका रुपमा लिइन्छ ।

देवीदेउताहरुको सगुण पुजालाई स्थानिय नेपाल भाषामा द्यो स्वग“ विय्गु नामले प्रसिद्ध रहेको छ ।

भक्तपुर नगरमा अवस्थित शक्तिपिठ र महत्वपूर्ण देवीदेउताहरुको पुजा अचर्ना गरी प्रसाद चढाउन जाने भक्तजनहरुको विहानै देखि ठूलो घुइँचो लागेको छ । भक्तजनहरु आ आफ्नो गच्छे अनुसार प्रसाद चढाउन कोही समूह समूहमा आएका हुन्छन् भने कोही लाइनबद्ध रुपमा आएका हुन्छन् ।

बिस्केट जात्राको अवसरमा हुने सगुण पुजा एक सांस्कृतिक महत्वको पुजा मानिन्छ  । सगुण पुजाका दिन वेताल, भैरवनाथ, भद्रकाली, बाराही, गणेश सहित ४३ देवीदेउताहरुलाई पुजा चढाउने परम्परा रहेको स्थानिय वाlसन्दाहरु वताउFछन् ।

सगुण पुजामा सांस्कृतिक वाद्यवादन भजनकीर्तन, दाफा, भजन समूह, बाजागाजा सहित युवायुवती, केटाकेटी देखि बृद्ध उमेरसम्मका भक्तजनहरु सबैले उत्साहपूर्ण   रुपमा सहभागी भएका छन् ।

 भक्तपुरका मल्ल राजा विश्व मल्लले सञ्चालन गरेको सगुण पुजालाई आज पनि भक्तपुरवासीले जीवन्तता दिदै धुमधुमाका साथ मनाइदै आएका छन् ।

लिङ्गो उभ्याउने दिनमा भक्तपुरका सवैजसो देवदेवीहरुलाई आफ्नो  देवगृहवाट बाहिर निकाली जात्रा चलाई द्योछें घरको चोक, प्राङ्गण, पौवा, पाटी, सत्तल आदि स्थानमा विराजमान गराई आजको दिन देवदेवीहरुको सगुण पुजा गर्ने परम्परा रहेको छ ।

सगुण पुजाको धार्मिक जागरणले देशको रक्षा र जनतामासुख शान्तिको छाउने भएकोले सगुनपुजा सञ्चालन गदै आएको संस्कृतिविद्हरु वताउFछन, सगुण पुजा आज दिनभरी चल्ने छ ।

No comments:

Post a Comment