4/17/11

बिस्केत जात्रा सम्पन्न

ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्केत जात्रा आज सम्पन भएको छ ।

नववर्षको आगमनसंगै शुरु हुने भक्तपुरको प्रसिद्घ बिस्केट जात्रा ८ रात ९ दिनसम्म   धुमधामका साथ मनाइ आज सम्पन्न गरेको हो । नेपालको संस्कृतिलाई चिनाउने महत्वपूर्ण जात्राहरु मध्ये एक मानिने बिस्केट जात्राको पहिलो दिन चैत २८ गते भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा शुरु भएको थियो ।

    काठैकाठको प्यागोडा शैलीमा निर्माण गरिएको ३ तल्ले भैरबनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई बिराजमान गराई पा“चतल्ले मन्दिर प्राङ्गणवाट माथिल्लो र  तल्लो क्षेत्रमा तानेर लैजाने परम्परा रहेको छ । साथै भैरबनाथको रथमा खड्ग÷तरवार÷निशान राखिसकेपछि रथ तान्ने क्रमःशुरु हुन्छ ।

     लिच्छविकालदेखि मनाउ“दै आएको यो जात्रा बिक्रम संवत अनुसार सौरमासको आधारमा बिःसीत अर्थात (नागनागिन म¥यो) भन्ने भावका आधारमा चल्दै आएको संस्कृतिविद्हरु बताउँछन् ।                                                                      

      रथको अगाडि भागमा ६ वटा र पछाडि ४ वटा लामो डोरी समातेर दुबै तर्फका जात्रालुहरुले रथलाई ‘होस्से.र .हैसे गदै आफ्नो तर्फ तानेर जात्रा मनाइएको थियो । रथ तान्ने जात्रामा हजारौं स्थानिय बासिन्दाहरुले रथको अगाडि पछाडि डोरी तानातान गरेर आ आफनो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहा“ लैजान सकिन्छ त्यस टोलको विजयी भएको मानिन्छ ।

रथ तानातान गर्नु नै यस जात्राको मुख्य आर्कषक हो , बिस्केट जात्राको पहिलो दिनलाई द्यो क्वहा“ विजाइगु अर्थात (देवता तल्ल आगमन हुने) भनिन्छ ।

दोस्रो दिन भद्रकाली रथलाई गःहिटी स्थित ख“लाटोलमा अजिमा द्योछें (भद्रकाली देवघर) मा पु–याइन्छ । तेस्रो दिन गःहिटीमा भैरबनाथलाई बलि चढाई गुठी संस्थानद्घारा सरकारी पुजा समेत गरिन्छ ।

 बिस्केटको चौथों दिन पुरानो बर्षको अन्तिम दिन चैेतको ३० गते विहान तालाक्व स्थित कुमाले टोलमा हात नभएको लिङ्गो उभ्याइन्छ भन्ने सा“झपखः तान्त्रिकविधिपूर्वक दशकर्म विधान गरी हात भएको लिङ्गो उभ्याइन्छ । पुरानो वर्षको विदाई र नया“ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गर्दछ । भैरबनाथको प्रतिक मानिने लिङ्गोको शीर्ष भाग र हातहरुमा नीलो कपडाले बेरिएको हुन्छ ।

लिङ्गो कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा, विश्वध्वजा आकाशभैरवका ध्वजाहरु समेत भनिन्छ । एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले वीचमा फुकाएर हेर्न हुदैन भन्ने धार्मिक मान्यता रहेको छ ।

लिङगो उभ्याउन बा“ढिएका ८ वटा डोरीहरुलाई अष्ट मात्रिकाको प्रतिक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण यहा“ उपस्थित हुन्छ । र लिङ्गो उभ्याउने जात्रा सकिए पछि तलेजुमा दुमाजुको विशेष जात्रा र पुजा गर्ने परम्परा रहेको छ ।

विस्केट जात्रा हेर्नाले शत्रुहरु नाश हुन्छन भन्ने धार्मिक मान्यता रहेकोले त्यसैले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरबनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु–याइन्छ । र लिङ्गो उठ्नासाथ स्थानिय बाराही देवीको तिंप्वा जात्रा मनाइन्छ ।

बिस्केटको पा“चौ दिन नया“ वर्ष बैशाख १ गतेका दिन लिङ्गो ढालिएको थियो । त्यसको लगतै गहिटी टोलमा भैरबनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइने थियो । जसलाई स्थानिय भाषामा द्यो ल्वाकिगु भनिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरुले भैरबनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पुजा विधि विधानहरु समेत थप गरी आठ रात नौ दिन सम्म जात्रा मनाउने प्रचलन थालिएको हो ।

किंवदन्ती अनुसार प्राचिन समयमा पहिला यो देश भक्तग्राम जंगलको रुपमा रहेको थियो । यहा“का लिच्छविकालिन राजको एकमात्र अत्यन्तै सुन्दरी छोरी थिइन् । राजाले आफ्नी छोरीको विवाह गर्न धेरै प्रयास गरेपनि सफल नभएपछि , राजाले आफ्नी छोरीकोे विवाह गर्ने पुरुषलाई राजगद्दी नै सुम्पने प्रस्ताव राखेको थियो ।

राजगद्दीको लोभमा विवाह गर्ने धेरैजना पुरुषले राजकुमारीसित पहिलो रातमै ज्यान गुमाउनु परेको थियो भने राजाले आफ्नी छोरीको सयनकक्षबाट हरेक विहान लास उठाई मसानघाट पु–याउने मलामी गुठी स्थापना गर्नुपरेको थियो । एक दिन शिकारी युवक घुम्दै जा“दा हनुमन्ते खोला किनारामा एक तान्त्रिक वृद्घासित भेट भएछ । ती तान्त्रिक वृद्घाले ति युवकलाई त्यस रहस्यको सम्पूर्ण कुरा बताई राजकुमारीसित विवाह प्रस्ताव राख्न निर्देश दिइन् ।  भोलिपल्ट विहान लास उठाउन जा“दा पतिहुने युवक  जिउ“दो रहेको र राजकुमारी पति पाएर खुसी भइरहेकी पाउ“दा सबै आश्चर्यमा परेका थिए ।

अन्ततः ति युवकले रातभरि जाग्राम बसी राजकुमारीको दुई नाकको पोराबाट निस्कने भाले पोथी नाग–नागनीले डस्न खोज्दा तरवारले दुई टुक्रा पारेपछि मृत्युवाट बचेको रहस्य सुनाएछन् । यसरी राजकुमारले राजकुमारीको नाकवाट निस्किएको सर्पलाई काटेर मार्न सफल भएपछि राजकुमारीसंग बिहे गर्न सफल भएको दिनदेखि नै त्यही सर्पको अन्त्यष्टिको संझनामा भक्तपुरबासीले बिस्केट जात्रा मनाउन थालिएको किवंन्दन्ती रहेको छ ।

नेवार समुदायमा आफ्नो संस्कृती र परम्परालाई जीवन्त राख्न यस जात्रा र पर्वलाई बचाएर राखेका छन् । अहिलेसम्म बिस्केट जात्राप्रति उत्साहमा कमी नआउनु र मौलिकता समेत विखण्डीत नहुनुनै जात्राको ठूलो विशेषता मान्न सकिन्छ ।

बिस्केट जात्राको छैठो दिन नगरको मध्य भागमा महाकाली र महालक्ष्मीको खट् जुधाउने जात्रा , सातौं दिन ब्रम्हायणी र महेश्वरीको तिप्वाजात्राका साथ खट जुधाउने जात्रा हुन्छ ।जात्राको आठौं दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुण पुजा जात्रा हुन्छ । यसलाई स्थानिय भाषामा द्यो स्वंग“ विइगु भनिन्छ । सगुण पुजाको धार्मिक जागरणले देशको रक्षा र जनतामासुख शान्तिको छाउने भएकोले सगुनपुजा सञ्चालन गदै आएको स्थानिय बासिन्दाहरु वताउ“छन ।

बिस्केट जात्राको अन्तिम दिन बैशाख ५ गतेका दिन बिहान स्थानिय कुमाले टोलमा हात नभएको लिङ्गोलाई विधिवत रुपमा पुजा गरी ढालिन्छ । यसै दिन स्थानिय गहिटीबाट भैरबनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गरिन्छ । यस दिनलाई स्थानिय भाषामा द्यो (देवता) थाहा विज्याइगु अर्थात देवता माथि सवार हुने भनिन्छ ।

लिच्वीकालिनदेखि चल्दै आएको यस जात्रालाई भक्तपुरका नेवार समुदायले अत्यन्तै हर्षोउल्लासका साथ मनाइएको थियो ।

No comments:

Post a Comment