9/14/11

वौद्ध धर्मालम्बीले मनाइने पञ्चदान पर्व

बौद्ध धर्मालम्वीहरुको सबैभन्दा ठूलो पर्व पञ्चदान साँस्कृतिक उत्सवका रुपमा मनाइने गरिन्छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशिका दिन पञ्चदान पर्व मनाइने गरिन्छ ।

बौद्ध संस्कृतिमा आफ्नै मौलिक परम्पराका रुपमा रहेको विभिन्न जीवन्त सांस्कृतिक पर्वहरु मध्ये एक मानिने पञ्चदान पर्व भक्तपुरमा भिन्नै तवरले मनाइन्छ ।

भक्तपुरको प्रसन्नशील महाविहार, चतुव्रम्ह महाविहार, मगंलधर्मदीप महाविहार, जयकिर्ति महाविहार र बौद्ध समकृत महाविहारमा रहेको पाँच प्रमुख दीपंकर बुद्धका मुर्तिहरुलाई भक्तपुरको सूर्यमढि टोलदेखि नगरपरिक्रममा गरी थथुवही भुईख्यसम्म विभिन्न स्थानहरुमा विराजमान गराई पुजा गर्ने र नगर परिक्रममा गराउने प्रचलन रहेको छ ।

त्यसवेला शील पालन गरी भिक्षाटनका लागि सहभागि गृहस्थ भिक्षुहरु शाक्य बज्राचार्य, बुद्धाचार्य परिवारका कुलपुत्रहरुलाई आफनो घर चोक विहारमा स्वागत गरी खीर भोजन लगायतका अन्न मिठाई, फलफूल, दक्षिणा आदि दान गरिन्छ । वौद्ध धर्मालम्बीहरुले आजको दिनमा भिक्षा ग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने जन आस्था रहेको पाइन्छ ।

No comments:

Post a Comment