हिन्दू नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तीज हर्षोल्लासका साथ मनाउने गर्दछन् । अघिल्लो राति दर खाने र यस दिन व्रत बसी भगवान् शिवको पूजाआरधना गरेर यो पर्व मनाइन्छ ।
बिहानैदेखि देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीको घुइचो लाग्ने गर्दछ । पूजाआजा गरी विभिन्न समूहमा विभाजित भएर मन्दिर परिसरमा तीजका गीतमा नाचगान गरिरहेको ठाउ–ठाउमा देखिने गर्दछ । भक्तपुरको दत्तात्रय मन्दिरमा पनि दर्शनका लागि एका बिहानैदेखि महिलाहरु लामबद्ध भएर बसेका हुन्छन् ।
टाढा–टाढाबाट माइतीघर पुगेका चेलीबेटीहरु भेला भई रातो लुगा र गरगहना लगाई नाचगान गरी सुख–दुःख साटासाट गर्नु नै तीजको विशेष पहिचान हो । पौराणिक कथन अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउ भनी निराहार व्रत बसेर तपस्या गरेपछि महादेवलाई नै स्वामीको रूपमा पाएपछि यो चाडको सुरुवात भएको मानिन्छ ।
तर, शास्त्रमा तीजको व्रतमा निराहार बस्नुपर्छ भनी कतै उल्लेख भने नभएको धर्मशास्त्रका ज्ञाताहरु बताउछन् । पहिले–पहिले घरमा पाएका दुःखका कथा तथा सासू–ससुरा वा श्रीमानले गर्ने हेलाका कारुणिक भाव तीजका गीतमा बढी पाइन्थ्यो भने अचेल श्रृङ्गार र हास्य रसका गीत बढी पाइने गरेको देखिन्छ ।
No comments:
Post a Comment