कृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरका कृष्ण मन्दिरहरुमा विहानै देखि धुमधामका साथ कृष्णपुजा मनाउने गर्दछन् ।
भक्तपुर नगरमा अवस्थित कृष्ण मन्दिरहरुमा पुजा अचर्ना गरी प्रसाद चढाउन जाने भक्तजनहरुको विहानैदेखि ठूलो घुइँचो लागेको छ । भक्तजनहरु आ आफ्नो गच्छे अनुसार प्रसाद चढाउन कोही समूह समूहमा आउने गर्दछन् भने कोही लाइनबद्ध रुपमा आउने गर्दछन् ।
सांस्कृतिक तथा धार्मिक महत्व बोकेको भक्तपुरको कृष्ण पुजालाई विशेष पुजाका रुपमा लिइने गरिन्छ । स्थानिय नेपाल भाषामा बो छायगु नामले प्रसिद्ध रहेको छ यो कृष्ण पुजा । कृष्ण जन्माष्टमीको भोली पटक गरिने कृष्ण पुजाका दिन गोल्मढी, चोछे., चासुखेल, देगमना, बाराहीस्थान, बंशगोपाल, दरबार स्क्वायर सहित ४३ वटा कृष्णलाई पुजा चढाउने परम्परा रहेको स्थानिय बासिन्दाहरु वताउछन् ।
यो पुजामा सांस्कृतिक वाद्यवादन भजनकीर्तन, दाफा, भजन समूह, बाजागाजा सहित युवायुवती, केटाकेटीदेखि बृद्ध उमेरसम्मका भक्तजनहरु सबैले उत्साहपूर्ण रुपमा सहभागी जनाउने गर्दछन् ।
मल्लकालीन समयबाट सञ्चालन आएको कृष्ण पुजालाई अहिले पनि भक्तपुरवासीले जीवन्तता दिदै धुमधुमाका साथ मनाइदै आएका छन् । कृष्णको पुजाको धार्मिक जागरणले देशको रक्षा र जनतामासुख शान्ति छाउने भएकोले कृष्णको पुजा गदै आएको संस्कृतिविद्हरु वताउछन ।
![]() |
महिलाभक्तजनहरु पुजा तथा प्रसाद चढाउदै |
No comments:
Post a Comment