धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ऐतिहासिक पर्व घण्टाकर्ण नेवार समुदायले हर्षोउलासका साथ मनाइन्दै छ । भ्यागुताको सहयोगमा मानिसले दानवरुपी घण्टाकर्णलाई मारिएको स्मरण गर्दै यो पर्व हर्षोउलासका साथ मनाइने प्रचलन रहेको छ । स्थानिय भाषामा यसलाई गा“थामग चरे भनिन्छ ।
प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइन्छ ।
यस दिनमा नर्कट र छ्वालीले वनेको लिङ्गगोकार आकृतिलाई गाथामग अर्थात घण्टाकर्णको प्रतीक मानेर दोबाटो र चौबाटोमा राखी जगात मागिन्छ । यसरी वनाइएका घण्टाकर्ण गाथामगको दुवै कानमा घण्टा झुण्ड्याइएकको भयानक अनुहार लेखिएको मुखाकृतिको मुकुण्डो झुण्ड्याउने गरिन्छ ।
यस दिन केटाकेटीहरुले आफ्ना खेल्ने पुतलीहरु घण्टाकर्णलाई छुवाउने र केही कपडाले बनाएका पुतलीहरु घण्टाकर्णमा झुण्ड्याउने प्रचलन रहेको छ ।
भूत–प्रेत, पिशाचहरुले छुन नसक्ने र अनेक रोगव्यादिबाट बच्ने उद्देश्यले घण्टाकर्णलाई फलामका औठी छुवाई मानिसहरुले लगाउने गर्छन् ।
घण्टाकर्ण बनाई राखेको दोवाटो, चौबाटोमा बालेको आगोको धुवा“ले छुवाउन पाए बालचरी रोगले केटाकेटीहरुलाई नछुने धार्मिक विश्वास रहेको स्थानीय बुढापाकाहरु बताउन्छन् ।
टोलै पिच्छै गाथामग अजङ्गगको आकृति बनाई सा“झतिर रा“कोबाली जलाउन लाने परम्परा रहेको छ ।
यसलाई आसुरे शाक्तिको अन्त्यको प्रतिकको रुपमा मानिन्छ ।
लिच्छविकालमा घण्टाकर्ण नामको एक राक्षसले जनतालाई निकै दुःख दिन थाल्यो । घण्टाकर्ण चतुर्दशीका दिन घण्टाकर्ण नामको राक्षसले देशलाई विध्वसं पारी मानिसहरुलाई संहार गर्ने उद्देश्यले नेपालको विभिन्न नाकाहरुवाट घण्टाकर्ण नामको राक्षस प्रवेश ग¥र्यो । त्यतिकैमा एउटा भ्यागुतोको सहयोग र संकेटले गर्दा त्यो राक्षस मानिसद्धारा मारियो र यसैको सम्झनामा त्यस दिन शहरको दोवाटो, चौवाटोमा नर्कटको राक्षसको प्रतिक बनाई यो पर्व मनाइने प्रचलन रहेको छ ।
घण्टाकर्ण चतुदर्शीकै दिन बोक्सी आदी कुविद्या सिक्नेहरुले पनि पीठ र मसानघाट गई आ आफ्नो विद्या साधना गर्ने प्रचलन रहेको छ ।
यस्तो धार्मिक तथा सांस्कृतिक पक्षसंग जोडिएको घण्टाकर्ण पर्व अहिलेसम्म पनि जीवन संस्कृतिको रुपमा कायमै रहेको छ । अहिले सम्म कुनै किसिमको विचलन विकृति आएको पाइन्दैन ।