5/15/11

पहिचान गुम्ने खतरामा भक्तपुरको रानी पोखरी

भक्तपुरमा पनि रानी पोखरी छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो ।

पोखरीको शहर भन्नेर चिनिने भक्तपुरकै प्राचिन ऐतिहासिक महत्व बोकेको पुतली बगैंचा सहितको रानी पोखरी सुरक्षाको घेरा भित्र रहेर पनि सुरक्षित हुन नसकेका कारण पहिचान गुम्ने खतरा बढेको छ ।

२०४० सालमा तत्कालिन शाही सरकारले सैन्य तालिम केन्द्र भक्तपुरको नाममा पोखरी आसपासका सर्वसाधारणको जग्गा लिएपछि प्रवेश गर्न रोक लगाएर पोखरीलाई आवश्यक संरक्षण गर्न नदिएकोले ओझलमा पर्न गएको हो ।    

परापुर्वकालदेखि सर्वसाधारणको आस्थाको केन्द्रविन्दु एवं महत्वपुर्ण प्राचिन ऐतिहासिक तथा धार्मिक स्मारक क्षेत्रका रुपमा प्रसिद्ध रानी पोखरी मल्लकालिन समयमा बाहिरबाट आएका पाहुनाहरुका लागि नगर प्रवेश गराउन भेटवार्ता गर्ने प्रमुख स्थान रुपमा लिइन्थ्यो ।

बाहिरबाट आएका पाहुना सिधै नगरमा प्रवेश गर्ने अधिकार नभएकाले पोखरीको पुर्वपति रहेको ह्वाङह्वा पाटीमा एकदिन बास बसेपछि मात्र नगर प्रवेश गराउने र नगराउने भन्ने निर्णय सुनाउने ठाउँ रहेको स्थानिय वयवृद्ध आशलाल मान्नधरले बताउनुभयो । उहाँले भन्नुभयो पोखरीमा सर्वसाधारणको लागि खुल्ला भएको बेलामा बालबालिका खेल्ने, खेतमा गएर आएकाहरु मानिसहरु हातखुट्टा धुने र पोखरी वरिपरि भएका देवीदेवताहरुको दर्शन गरी बगैंचामा आराम गरेर मात्र घर फकिन्थ्यो तर अहिले त्यहाँ छिर्न दिगु पुजा आउनुपर्छ ।

सैनिकिकरण भएपछि वर्षको एक दिनमात्र सर्वसाधारणको लागि खुल्ला गर्ने सो पोखरी वरिपरि सयौं भन्दा बढी जोन्छे, धौभडेल, अवाल, प्रजापति र मान्नधरहरुको रहेका दिगु द्यों ( कुलदेवता) छन् ।

राजा जगज्योती मल्लले विक्रम संवत् १६८७ सालम आफ्नी रानी राजलक्ष्मीको सम्झनामा निमार्ण गरिएकोे रानी पोखरी झण्डै ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । पोखरीको विचमा सुनको नागको टाउको छ भने चारैतिर विभिन्न कलात्मक मुर्तिहरुले घेरिएको छ इतिहासमा उल्लेख गरिएको छ ।

पुरै किनार तीन तहमा विभाजित छ उक्त पोखरीमा गहिराई तिरको पहिलो तहसम्म पानी भरिने, दोस्रो तहको चारैतिर विभिन्न कलात्मक मुर्तिहरु दिगु द्योहरु रहेका छन् । तेस्रो तहमा पोखरी घुम्न मिल्नेगरी बाटो वनाई छेउछेउमा रुखहरु र चारदिशामा चारवटा पाटी रहेका छन् भने अहिले सबै पाटीहरु भत्किसकेका छन् ।

रानी पोखरी लगायत त्याहाँको पाटीहरु जिणौद्धारको लागि भक्तपुर नगरपालिकाले पटक पटक पत्राचार गरेतापनि सैनिकहरुले त्यसलाई वेवास्ता गरेको नगरपालिकाले जनाएको छ । जिणोद्धारको विषयलाई लिएर सैनिकहरुले धेरै पटक विवाद उत्पन्न गरेर जिणौद्धार कार्यमा प्रभावित बनाएकै कारण अहिले पोखरीको जिणौद्धार गर्ने कार्यमा नगरपालिकाले ध्यान नदिएको नगरपालिकाले स्विकारेको छ ।

पोखरी निमार्ण गरेपछि विक्रम संवत् १७३५मा जितामित्रको मल्लले पहिलो पटक पोखरीको जिर्णोद्धार गरेर मल्लकालिन सभ्यतालाई अझ झल्काउन हेतुले वास्तुशैली, देवीदेवता, नागनागिणी स्वरुपमा कु“दिएर निर्माण गरिएका ढुङगाहरु पंक्तिबद्ध रुपमा पोखरीको तहमा राखिएकाले अनुपम नमूनाको पोखरी समेत भनिने संस्कृतिविद् बताउँछन् ।

भक्तपुरका पोखरीहरु मध्य अनुपम नमूनाका पोखरीका रुपमा परिचित भएकै कारणले होला काठमाण्डौका राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गरेर जित्न नसकेपछि पोखरीमा रहेको सुनको नाग लगायत पोखरी वरिपरिका अनुपम कलाकृतिहरु समेत उठाएर लगेर काठमाण्डौको हनुमान ढोकामा दरबारमा सजाएको इतिहासमा उल्लेख गरिएको छ ।

ऐतिहासिक महत्वको यस पोखरीमा बासुकी नागको टाउको छ भने जिउ सिद्ध पोखरीमा र पुच्छर नपुखुमा रहेको हुनाले तीन पोखरीलाई एउटै नागको स्वरुपमा लिईन्छ भने स्थानिय बासिन्दाले तीन वटा पोखरीलाई तीन जना दिदीबहिनीहरु भनिने इतिहास तथा संस्कृतिविद् डा.पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो ।

मल्लकालिन सभ्यतालाई भल्काउने पोखरीको चारैतिर नेपाली सेनाका क्वाटरहरुले घेरिएको छ । सर्वसाधारणका लागि खुल्ला गरिदिए स्वदेशी तथा विदेशी पर्यटकहरुको आक्रर्षणको थलो वन्ने रानी पोखरीको दयनिय अवस्थाले भक्तपुरको गरिमालाई नै आघात पुगेको छ ।

ऐतिहासिक तथा सांस्कृतिक महत्वसंग  गाँसिएको यस पोखरीको जिणौद्धार कार्यको लागि भने अहिले कसैकतैवाट पनि पहल गरिएको छैन ।

5/14/11

गरीब तथा असाहायका लागी नि: शुल्क शिक्षा

शिक्षाबाट बन्चित भई आफू अन्धो सरह भएकाले गरिव र असहायका नाममा कोही पनि बालबालिकाहरु शिक्षाको ज्योतिबाट विमुख हुन नपरोस भनेर एक समाजसेवी एवं उद्यमीले आफ्नो इलमबाट कमाएको रकमले पा“च दजर्न गरिव तथा असहाय बालबालिकालाई निशुल्क शिक्षा दिक्षा दिदै आएका छन् ।

भक्तपुरका समाजसेवी एवं उद्यमी रामप्रसाद प्रजापतिले असहाय, गरिव पिच्छडिएका ५६ जना बालबालिकाहरुलाई भक्तपुरका पा“चवटा राम्रा निजी विद्यालयहरुमा निशुल्क पठनपाठनमा सहयोग गर्दे आइरहेका छन् ।  उसले पठनपाठन मात्र नभई त्यस्ता बालबालिकाहरुलाई वर्षेभरी पुग्नेगरी विद्यालयको पोशाक, छालाको जुता, झोला, पाठ्यपुस्तक, कपी, कलम लगायतका शैक्षिक सामाग्रहरु समेत सहयोग गर्दे आईरहेका छन्

भक्तपुरका टेक्सटाइल उद्यमी प्रजापति आफू शिक्षाबाट बन्चित भई अन्धो सरहको जीवन जीउनु परेको स्मरण गर्दे त्यसबाट मनमा सम्झी आर्थिक अभावबाट कोही पनि बालबालिका शिक्षाबाट बन्चित नहुन् भने उदेश्यले बालबालिकाको शिक्षा दिक्षामा सहयोग गर्दे आइृरहेको बताए । पा“च दजर्न बालबालिकालाई शिक्षा दिक्षा दिन वर्षेनी दशलाख रुपैयाँ लाग्ने गरेको पनि उनले बताए ।